आफ्ना सुरक्षाकर्मी फिर्ता लैजान सरकारलाई नारायणकाजीको आग्रह



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजान सरकारलाई आग्रह गरेका छन् । बुधबार ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले आफूलाई सुरक्षा खतरा महसुस नभएको र आफ्नो भन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण विषय भएकाले सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘थाहै छ,म पछुवा नियमित प्रयोग गर्दिन।मैले आफूलाई सुरक्षा खतरा महसुस गरेको छैन । राज्य संयन्त्रले त्यस्तो आँकलन गरेको छ भनेपनि मेरो भन्दा राष्ट्रको सुरक्षा महत्वपुर्ण हुन्छ । त्यसैले राज्यको आवश्यकताका लागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ । यसबाट राज्यलाई अप्ठेरो परेको भए क्षमा याचना ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

कस्तो हो तपाईंहरुले चाहेको संविधान संशोधन ?

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले सङ्घीयतालाई अधिकारसम्पन्न

जलवायु परिवर्तनका समस्या समाधानका लागि मिलेर काम गर्न बेलायती राजकुमारलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । बेलायतका अधिराजकुमार डूयक अफ एडिनब्रा एडवार्ड र उनी श्रीमती डचेस सोफी

नेपाली नागरिकलाई रोग र अभावबाट मुक्त गर्न वर्तमान सरकार क्रियाशील छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क