कोरोनापछि सरकारले तत्कालै चाल्नुपर्ने कदम



अमेरिका कर्मथलो वनाएकी एनआरएनए आईसिसी उपाध्यक्ष रविना थापाको नेपाल सरकारलाई सुझाव । कोरोनापछि तत्कालै गर्नुपर्ने केही कामहरुः

१. अहिले भिजिट भिसामा गएका, अध्ययनका लागि गएका, जागिर खान गएका तर बैध कागजपत्र नभएका नेपालीहरु समस्यामा छन् । उनीहरुलाई नेपाल फर्काउने प्रयास तत्कालै थाल्नुपर्ने देखिन्छ । राजदूतावाससँगको समन्वयमा आफ्ना नागरिक फिर्ता गराउनका लागि सरकारसँग मेरो आग्रह छ ।

२. मजदुर, किसान, जागिरबाट हटाईएका, विदेशबाट फर्किएका र अन्य बेरोजगारको ब्यवस्थापन टड्कारो चुनौति बन्ने निश्चित छ । बेरोजगारको सूची बनाएर उनीहरुको दक्षता अनुसारको काम दिने वातावरण बनाउनुपर्छ । ८० को दशकमा नेपालबाट सबैभन्दा बढी निर्यात हुने गलैंचा कारखाना, हिमाली क्षेत्रहरुमा कुटिर उद्योग स्थापना र सञ्चालन, विश्वमा माग हुन सक्ने बस्तु र सेवाहरुको उत्पादन र ब्यापारमा हाम्रो ध्यान केन्द्रित गरिनुपर्छ । जस्तैः कफी, अदुवा, अलैंची जस्ता उत्पादन विश्व बजारमा अत्यधिक माग हुने गरेको छ ।

३. हामीले विश्वबाट सिकेको एउटा नयाँ अनुभव छ । कोरोनाका कारण निजी अस्पताल बन्द गरिए । निजी क्षेत्रलाई यति धेरै विश्वास गरेर सरकारले लगानीमैत्री वातावरण तयार गरिदियो, आज सरकारलाई नै नसुनेर उनीहरुले अस्पतालका ढोकामा ताला ठोकिदिए । हाम्रै नेपालमा पनि वीर अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल नभएको भए के हालत हुन्थ्यो ? तसर्थ यो अवस्थालाई सिकाईको रुपमा लिँदै सरकारी अस्पताललाई सक्षम र अत्याधुनिक बनाउने प्रस्ताव पनि लैजाओस् ।

४. अब नेपालमा स्वास्थ्य र शिक्षा प्रणाली निःशुल्क हुनैपर्छ । गाउँगाउँमा सुविधासम्पन्न स्कुल र स्वास्थ्य संस्था स्थापना गरेर सबैलाई गाउँमै बस्ने वातावरण सिर्जना गर्नु आवश्यक छ । प्रत्यक गाउँमा कम्तिमा २० जनाले रोजगारी पाउने गरी साना उद्योग स्थापनामा जोड दिनुपर्छ । सकेसम्म खाद्यान्न आयात घटाउँदै लैजानुपर्छ ।

५. चीनको ग्रेटवाल देशको सुरक्षाका लागि बनाईएको हो तर चीनमा भएका ३ लाख बेरोजगारलाई १० बर्षसम्म यहाँ जागिर दिईएको थियो । यो परियोजना सम्पन्न गर्दासम्म ३० लाख मान्छेले कुनै न कुनै जागिर पाएका थिए भने कतिले श्रमदान पनि गरेका थिए । अन्य देशका ठूला आयोजनाहरु पनि यस्तै संकटपछि निर्माण गरिएका छन् । जसबाट एकातिर बेरोजगारले रोजगारी पाउनेछन् भने सस्तोमा धेरै मजदुर पाउँदा जतिसुकै ठूला आयोजना पनि आँट्न सकिन्छ ।

। नेपालमा पनि कुनै विशेष परियोजना सञ्चालनको परिकल्पना तयार गरियोस्, जसले विश्वको ध्यान नेपालतर्फ खिच्न सकोस् ।

६. खासगरी कृषि उत्पादनमा जोड दिँदै किसानलाई तत्काल उत्पादन हुने बीउ बिजन वितरण गर्ने र बाँझो जमिन उपयोग गर्ने नीति अंगिकार गरियोस् । जग्गाधनीले खेती नगरे उक्त जग्गा सँधियारेले नै उपयोग गर्न पाउने ब्यवस्थाको माग गरियोस् ।

७. विशेषगरी बेरोजगार युवाहरुलाई केन्द्रित गरेर विशेष प्याकेज बनाईयोस् ।
गौतम बुद्धको प्रेरणाले जतिसक्दो छिटो विश्वभर शान्ति छाओस् । सहज रुपमा दैनिकी चलाउन सकियोस् । कोरोनाबाट छुटकारा मिलोस् ।
रवीना थापा
उपाध्यक्ष, एनआरएनए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवद्र्धन

काठमाडौँ । नेपालको पर्यटनलाई विश्वभर प्रवद्र्धन गर्ने उद्देश्यले जर्मनीको बर्लिनमा नेपाल पेभेलियन स्थापना

डम्बर ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन

सिड्नी । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले अस्ट्रेलियामा शाखा विस्तार गरेको छ

भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू बेलायत ननिटनको मेयरमा मनोनीत

बेलायत । भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको

स्पेनका लागि नेपालका राजदूत शनिल नेपालद्वारा नरेश फेलिपे छैटौँसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । स्पेनका लागि नेपालका राजदूत शनिल नेपालले त्यहाँका नरेश फेलिपे छैटौँसमक्ष आफ्नो