आइतबारदेखि उपत्यकामा सवारी साधन संचालनका लागि टाइम कार्ड लागू



काठमाडौँ । सरकारले आइतबारदेखि उपत्यकाभित्र सरकारी कर्मचारी, बैंक, बित्तीय संस्था, दैनिक उपभोग्य बस्तु र निर्माण सामग्री बोकेका सवारी साधनलाई टाइम कार्ड लागू गर्ने भएको छ । कामको प्रकृति हेरी कुन समयमा संचालन गर्न पाइने भनेर सरकारले टाइम कार्ड लागू गर्न लागेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुर, सुरक्षा निकाय, उद्योग वाणिज्य संघ, ट्राफिकलगायत निकायका अधिकारी सम्मिलित बैठकले समयसीमा तोकेर कर्मचारी, बैंक, बित्तीय संस्थासहित अत्यावश्यक सेवा सञ्चालनमा प्रयोग भएका सवारी समय सीमाभित्र आवतजावत गर्ने गरी अनुमति दिने भएको हो ।

आइतबारदेखि नै यो व्यवस्था लागू गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भिमप्रसाद ढकालले जानकारी दिएका छन् । ढकालका अनुसार अब निर्माण सामग्री बोकेका ठूला ट्रक र टिपर बेलुका ८ बजे प्रवेश गरेर बिहान ६ बजेभित्र गन्तव्यसम्म पुगिसक्नु पर्ने छ । त्यस्तै सरकारी कर्मचारी बिहान ९ बजेदेखि साढे दश बजेसम्म कार्यालय पुगी बेलुका ५ देखि ६ बजेभित्र घर फर्किसक्नुपर्ने छ ।

यसैगरी बैंक, बित्तीय संस्थाका कर्मचारी आफ्नो सवारीमा बिहान ९ देखि साढे दश बजेभित्र निस्केर अपरान्ह साढे तीन बजेदेखि ५ बजेभित्र फर्किनु पर्ने छ । यसैगरी दैनिक उपभोग्य बस्तु तथा इन्धन बोक्ने बिहान ४ देखि १० बजेभित्र मात्रै सञ्चालन हुन पाउने छन् । चैत ११ गतेदेखि लगाइएको लकडाउनयता अत्यावश्यक सेवा र अनुमतिबाहेकका सवारी साधनबाहेक अन्यलाई सञ्चालन अनुमति दिइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘जुन बारी बाँझो राखेर कमाउन विदेश गएँ, आज त्यसैले सम्पन्न बनाउँदैछ’

हेटौँडा । मकवानपुर मनहरी गाउँपालिका-१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना

विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता होः राष्ट्रपति पौडेल

गण्डकी । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्नेमात्र नभई धेरै भएको छ तर

राज्यले अनेकौं आविष्कार केन्द्रको स्थापनाबाट युवाहरूलाई डिजिटल क्रान्तिका योद्धा बनाउनुपर्छ

-डा. युवराज संग्रौला । देशलाइ वर्तमान अवस्थाबाट वा आर्थिक संकट र राजनीति अस्थिरताको

राजनीतिमा युवालाई प्रोत्साहन गर्दै नयाँ विचार स्थापित गरेर देशलाई निकास दिनुपर्छः बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा बाबुराम भट्टराईले महाधिवेशनमार्फत