लकडाउनका कारण अनावश्यक गर्भधारण र जन्मदर बढ्ने



– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ ।

अप्रत्यासित रुपमा आएको कोरोना संकटले गर्दा कहिल्यै नसोंचिएको लकडाउन भएको छ | लकडाउनको कारण मान्छेहरु घरभित्र बस्न बिबश छन् | यातायात नचलेको हुनाले हरेक ठाउँमा सप्लाई घटेको छ | यसको ठूलो मार यौन तथा प्रजजन स्वास्थ्यमा परेको छ |

– परिवार नियोजनका साधनसम्म आम नागरिकको पहुँच टाढा भएको छ | जसले गर्दा अनाबश्यक गर्भधारण बढ्नेछ, जन्मदर बढ्नेछ |
– जोखिम बर्गका धेरै महिला गर्भवती हुनेछन | यसले आमा र बच्चाको स्वास्थ्य थप जोखिमपूर्ण हुनेछ |
– मनोरंजनका साधन र स्थानको सिमितताको कारण यौन सम्बन्ध मनोरंजनको प्रमुख उपाय बन्नेछ |
– असुरक्षित सम्पर्कको कारण धेरैलाई यौनसम्पर्कजन्य संक्रमण बढ्नेछ |

– अनिच्छित गर्भधारणको कारण आकस्मिक गर्भनिरोध चक्की ( Emmergency Contraceptive Pills ) को सेवन बढिरहेको छ | यी औषधिको नियमित सेवन वा धेरै चक्की सेवन गर्दा हर्मोनमा असन्तुलन आएर प्रजनन स्वास्थ्यमा नकारात्मक असर पर्नेछ |
– असुरक्षित गर्भपतनको कारण धेरै महिलाको ज्यान जानेछ | धेरै महिलाको स्वाथ्य जोखिमयुक्त बन्नेछ |

– अनैच्छिक गर्भधारणको कारण धेरै महिलाको रोजगारी गुम्नेछ, उत्पादकत्व घट्नेछ | यसले थप मानसिक समस्या निम्त्याउनेछ |
– लकडाउन, सामाजिक दुरी, परिवारसंग संगै बस्ने चलन स्थापित हुँदा अबिबाहित जोडीको मानसिक तनाब एबम कुण्ठा थप बढ्नेछ |
– देह ब्यापारबाट लाखौँ परिवार पालिएका छन् | यसको वैश्विक अर्थतन्त्र निकै ठूलो छ | यो ब्यबसाय धरासायी भएको छ | यसले गर्दा मनोरोग बढ्नेछ |

– होटेल, बार, क्लब, क्यासिनो, डान्सबार आदि बन्द हुँदा नाचगान, डेटिङ तथा सेटिंग बन्द हुनेछ | जसको कारण युवायुवतीमा फ्रस्ट्रेसन् बढ्नेछ |

– कोरोना संक्रमणले बढाएको डर, तनाब, असुरक्षाबोध र मनोबैज्ञानिक समस्याले गर्दा वयस्कमा यौनेच्छा घट्नेछ, दुर्बलता हुनेछ | जसले गर्दा पारिवारिक मनमुटाब बढ्नेछ |
– घरेलु यौनहिँसा वृद्धि हुनेछ |
– फरक शारीरिक क्षमता भएका धेरै महिला यौनहिंसाको सिकार हुनेछन् |
– अर्थोपार्जनमा ब्यापक क्षय हुनेछ | जसले गर्दा बिबाह गर्ने समय धकलिनेछ |
– यौन तथा प्रजजन अधिकार ओझेलमा पर्नेछ | यसलाई अत्यावश्यक सेवामा गणना गरिने छैन |
– एचाइभी / एड्सको परिक्षण तथा नियमित औषधि आपूर्तिको चेन तोडिनेछ |

– महिलाको नियमित स्वास्थ्य जांच, पेल्भिक जांच, प्याप स्मेयर परिक्षण आदि प्राथमिकतामा पर्नेछैन | जसले गर्दा पाठेघरको समस्या, प्रजजन अंगको क्यान्सर तथा संक्रमण बढ्नेछ |
– विश्व महामारीको यो समयमा गर्भवतीको नियमित परिक्षण, प्रसव सेवा तथा प्रसबोत्तर सेवा प्राथमिकतामा पर्ने छैनन् | जसले गर्दा होम डेलिभरी ( घरमा बच्चा जन्माउने ), सुबिधा नभएको स्वास्थ्य संस्थामा बच्चा जन्माउने तथा जोखिम मोलेर अस्पतालमा बच्चा जन्माउने बाध्यता हुनेछ |
.
समाधानका उपायहरु :
.
– कोभिड नियन्त्रण उच्चस्तरीय समिति लगायत हरेक नीतिनिर्माण समितिमा महिलाको समानुपातिक प्रतिनिधित्व गराउने |
– यौनजन्य हिँसा बिरुद्ध कठोर कानुन निर्माण तथा परिपालना गराउने |
– यौन तथा प्रजनन परामर्श सेवाको हटलाइन ब्यबस्था गर्ने |
– प्रसुती एम्बुलेन्सको ब्यबस्था गर्ने |

– हरेक स्वास्थ्य संस्थामा परिवार नियोजनका साधन पर्याप्त उपलब्ध गराउने |
– हरेक स्थानीय निकायका अस्पतालमा निशुल्क सुरक्षित गर्भपतनको ब्यबस्था गर्ने |

– स्त्री तथा प्रसुती सेवालाई थप बिस्तार र अनिबार्य सेवाको रुपमा प्रबन्ध गर्ने |
– महिला स्वास्थ्यकर्तालाई सुरक्षित प्रसवको तालिम दिइरहने |

– यौन तथा प्रजजन अधिकारलाई मानब अधिकारको रुपमा स्थापित गर्ने |
– रेडियो, एफएम, टेलिभिजन, पत्रिका लगायत संचार माध्यममा यौन तथा प्रजजन स्वास्थ्यको नियमित कार्यक्रम प्रकाशन / प्रसारण गर्ने |
– परामर्श सेवालाई बिस्तार र प्रभावकारी बनाउने ||

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

एचपिभी खोप पूर्ण रूपमा सुरक्षित छः स्वास्थ्यमन्त्री पौडेल

  काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण (ट्रायल)का लागि

वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

वीरगञ्ज । वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब

महानगरको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवा लिनेको संख्यामा उल्लेख्य वृद्धि, ७ महिनामा लिए ९३ हजारले सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट प्रवाह गरिरहेको स्वास्थ्य सेवामा सेवाग्राहीको सङ्ख्या