‘भोकमरीले जनता मरे भने हत्कडी प्रधानमन्त्री र आपूर्ति मन्त्रीलाई लगाउनुपर्छ !’


काठमाडौं । सुनसरीको इटहरी नगरपालिकाका मेयर द्वारिकालाल चौधरीले लकडाउनका कारण भोकमरीले जनता मरे प्रधानमन्त्रीलाई हत्कडी लगाउनुपर्ने बताएका छन् । कोरोना रोकथामका बारेमा आयोजित कार्यक्रममा मेयर चौधरीले अन्य रोगले जनता मरे केही नहुने तर भोकमरीले मरेमा प्रधानममन्त्री र आपूर्ति मन्त्रीलाई हत्कडी लगाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘कोरोना भाइरसले मरेको रहेछ भने त ठिकै छ, करेन्ट लागेर मरेको रहेछ भने ठिकै छ तर खान नपाएर मरेको रहेछ भने त प्रधानमन्त्री र आपूर्ति मन्त्रीलाई हत्कडी लगाउनुपर्छ, किनकी उहाँहरुले लकडाउन गरेका कारण जनता खान नपाएर मर्यो भने अरु कसलाई हत्कडी लगाउँछन् त ?’ उनले एक सय शैयाको अस्पताल बनाउने अनि किट जम्मा दश वटा मात्र पठाएको भन्दै केन्द्र सरकारले आफूहरुलाई असहयोग गरेको गुनासो गरे ।