लक्षणरहित कोरोना संक्रमण कसरी थाहा पाउने ?



डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ |

अहिले विश्वमा २५ – ४० % लक्षणबिहिन कोरोना संक्रमण फैलिएको छ | अचानक उच्च ज्वरो आउनु, लहरेखोकी जस्तो सुख्खा खोकी लाग्नु, बोल्दा तथा सुत्दा पनि सास फेर्न गाह्रो हुनु, एकदम जाडो हुनु, बान्ता आउनु, पखाला लाग्नु तथा असाध्यै थकाइ लाग्नु कोरोना संक्रमणका लक्षण हुन् | सुरुमा यी लक्षणहरु देखिएर बिरामी थला पर्ने, अस्पताल जाने तथा परिक्षण खोज्ने प्रचलन थियो र अहिले पनि छ | तर पछि आएर लक्षण नै नदेखिने कोरोना संक्रमणको कारण मान्छेमा थप त्रास उत्पन्न गराएको छ | अनुसन्धानले बताए अनुसार लक्षण नदेखिने कोरोना संक्रमणमा केहि संकेत देखिन्छन् | जस्तै :

१. सामान्य ज्वरो आउनु
२. गन्धमा हल्का कमी महशुष हुनु
३. थकान हुनु, मांशपेशी तथा टाउको दुख्नु
४. कहिलेकाँही रुघाखोकी लाग्नु, नाक बन्द हुनु
५. सास फेर्न खासै गाह्रो नहुनु
६. आफ्नो दिनचर्यामा खासै फरक नपर्नु, खानामा रुचि नघट्नु
७. दिक्क लाग्नु, रुने मन लाग्नु
यस्ता लक्षण ८५ % व्यक्तिमा आफै हराउँछन् | परिक्षण गर्दा पोजिटिभ देखिन्छ | अधिकांश व्यक्तिमा १ महिनापछि समेत जांच गर्दा एन्टिबोडी पोजिटिभ देखिन्छ | बाँकी १५ % मध्ये आधा ४ हप्ता आइसोलेसनमा बसेपछि, लाक्षणिक उपचार गरेपछि निको हुन्छ भने अन्य बाँकी ७.५ % लाई आइसीयु / भेन्टिलेटर चाहिने हुनसक्छ | लक्षणबिहिनको मृत्युदर पनि २-३ % मात्र छ |
..
लक्षणबिहिन बिरामीले रोग कसरी सार्छ त भन्ने जिज्ञासा आम मान्छेमा छ | लक्षणविहिन संक्रमितलाई खोकी वा हाच्छ्युं नआएपनि उसले सास फ्याँक्दा तथा कुरा गर्दा आँखाले देख्न नसक्ने कणहरु सतहमा, नजिक हावामा, उसले छोएका ढोकाको ह्यान्डिल, चुकुल, रेलिंग, भाँडाकुँडा, टावेल आदिबाट अरु व्यक्तिलाई रोग सार्दछ |
..
७० बर्ष माथि उमेर भएका व्यक्ति, मुटु / फोक्सो / मृगौलाको खराब स्थिति भएका, इम्युन डिफिसिएन्सी भएका, स्टेरोइड सेवन गरिरहेका तथा अंग प्रत्यारोपण गरेका व्यक्ति जोखिम मानिन्छ | त्यसैले यी अवस्थाका बिरामी संक्रमणबाट बच्नको लागि आफ्नै घरमा पनि परिवारका सदस्यसंग दुरी कायम गरेर बस्नुपर्ने हुन्छ | मुख्य कुरा त इम्युनिटी पावर नै हो | पोषिलो खाना, व्यायाम, पर्याप्त निद्रा, मनोरंजन आदिबाट रोगसँग लड्ने क्षमता बढाउनु पर्दछ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

एचपिभी खोप पूर्ण रूपमा सुरक्षित छः स्वास्थ्यमन्त्री पौडेल

  काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण (ट्रायल)का लागि

वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

वीरगञ्ज । वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब

महानगरको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवा लिनेको संख्यामा उल्लेख्य वृद्धि, ७ महिनामा लिए ९३ हजारले सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट प्रवाह गरिरहेको स्वास्थ्य सेवामा सेवाग्राहीको सङ्ख्या