२० दिनपछि देखिए उत्तर कोरियाली नेता किम



स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजीका माझ उत्तर कोरियाली नेता किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखापरेका छन् । उन एउटा मलखाद कारखान उद्घाटन कार्यक्रममा देखा परेका हुन् । उद्घाट कार्यक्रमको तस्बिर उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले सार्वजनिक गरेको छ ।

अप्रिल ११ पछि किमले सार्वजनिक कार्यक्रममा भाग लिएको खबर तथा तस्बिर उत्तर कोरियाले सार्वजनिक गरेको थिएन । अप्रिल ११ मा उनले सत्तारुढ दल कोरियन वर्कर्स पार्टीको बैठकमा भाग लिएको बताइएको थियो । अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक नेता तथा किमका हजुरबा किम इल सुङको १०८ जन्मदिन थियो । सो दिनलाई उत्तर कोरियामा विषेश दिनका रुपमा मनाइने गरिन्थ्यो ।

सो दिनमा पनि किम कुनै कार्यक्रममा सहभागी भएको सार्वजनिक नभएपछि उनी गम्भीर बिरामी रहेको वा मृत्यु भएको अनुमान गर्दै समाचार सार्वजनि भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लागत कटौती बिना अमेरिका ‘टाट पल्टिने’ मस्कको भनाइ

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय लागत कटौती प्रयासको नेतृत्व गर्न नियुक्त

भेनेजुएला फर्कन खोज्ने आप्रवासी पनामामा रोकिए

पनामा । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वासन नीतिका कारण संयुक्त राज्य अमेरिकाको यात्रा त्यागेर

जापानद्वारा अमेरिकासँग स्टिल शुल्कमा छुट माग

टोकियो । जापानले बुधबार अमेरिकासँग स्टिल र एलुमिनियम निर्यातमा राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको

इजरायली प्रधानमन्त्रीको चेतावनीः बन्धक रिहा नगरे आक्रमण सुरु गर्छौं

बीबीसी । इजरायलले शनिबारसम्म बन्धक रिहा नगरे हमासविरुद्ध आक्रमण सुरु गर्ने चेतावनी दिएको