विश्वका दश लाख कोरोना संक्रमित निको भएर घर फिर्ता



कोरोनाभाइरस सङ्क्रमण भएर निको हुने मानिसको सङ्ख्या १० लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ । विश्वभरि पुष्टि भएका सङ्क्रमणको सङ्ख्या ३० लाख नाघिसकेको छ । तीमध्ये दुई लाख ३० हजार जनाभन्दा बढीको मृत्यु भएको छ ।

कोभिड १९ हुँदा मृत्युदर कम भएकाले कोरोनाभाइरस सङ्क्रमितहरूको ठूलो सङ्ख्या निको हुने विज्ञहरूले बताएका छन् । सङ्क्रमण भएका झन्डै ८० प्रतिशत व्यक्तिलाई त झन् कुनै लक्षण नै नदेखिने बताइन्छ । द लान्सिट जर्नलमा प्रकाशित एउटा अनुमानअनुसार कोभिड १९ को मृत्युदर फ्लूको भन्दा बढी तर सार्सको भन्दा कम छ ।

फ्लू भएका एक हजार बिरामीमध्ये एक जनाको मृत्यु हुन्छ भने सार्स भएका बिरामीको मृत्युदर ९५ देखिएको छ । क्रुज जहाजहरूको तथ्याङ्क हेर्दा बाहिरबाट आएका सङ्क्रमण नभएको र परीक्षण राम्रो भएको अवस्थामा मृत्युदर एक प्रतिशत हुने लान्सिट जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख छ ।

तर देशअनुसार परीक्षणको अवस्था फरक भएको र कुनै पनि देशमा ती जहाजमा जस्तो शत प्रतिशत परीक्षण सम्भव नभएको अवस्थामा त्यो दर बढी हुनसक्छ । नेपालमा शुक्रवारसम्म ५९ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये १६ जना भाइरसमुक्त भएको सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लागत कटौती बिना अमेरिका ‘टाट पल्टिने’ मस्कको भनाइ

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय लागत कटौती प्रयासको नेतृत्व गर्न नियुक्त

भेनेजुएला फर्कन खोज्ने आप्रवासी पनामामा रोकिए

पनामा । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वासन नीतिका कारण संयुक्त राज्य अमेरिकाको यात्रा त्यागेर

जापानद्वारा अमेरिकासँग स्टिल शुल्कमा छुट माग

टोकियो । जापानले बुधबार अमेरिकासँग स्टिल र एलुमिनियम निर्यातमा राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको

इजरायली प्रधानमन्त्रीको चेतावनीः बन्धक रिहा नगरे आक्रमण सुरु गर्छौं

बीबीसी । इजरायलले शनिबारसम्म बन्धक रिहा नगरे हमासविरुद्ध आक्रमण सुरु गर्ने चेतावनी दिएको