लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षा र पदपूर्तिसम्बन्धी व्यवस्था अनिश्चितकालका लागि स्थगित



काठमाडौं । सरकारले लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षा र पदपूर्तिसम्बन्धी व्यवस्था अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । बैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री युवराज खतिवडाले रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको विज्ञापनअनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका र पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न बाँकी रहेका सम्पूर्ण पदपूर्तिसम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्म हाललाई स्थगित गर्न लोक सेवा आयोगलाई अनुरोध गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिएका हुन् ।

त्यसैगरी सरकारले संघ, प्रदेश र स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण अत्यावश्यक बाहेक अन्यको हकमा अर्को व्यवस्था नभएसम्म हाललाई स्थगित गर्नेसमेत निर्णय गरेको छ । त्यस्तै बैठकले चैत र वैशाख महिनामा भुक्तानी गर्नुपर्ने अधिकांश करको भुक्तानी समयावधि जेठ २५ गते भित्र तिर्ने गरी बढाएको छ ।

यसअघि चैत १७ गतेको मन्त्रिपरिषद् बैठकले कर तिर्ने समय वैशाख २५ गते सम्म तोकेको थियो । त्यस्तै जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट आउने भएकाले बजेटले प्रभाव पार्ने क्षेत्रको कर भुक्तानी भने जेठ १४ गते भित्र तिर्न पनि मन्त्री खतिवडाले आग्रह गरे । बैठकले कोरोना भाइरस (कोभिड(१९) को उपचारवापत अस्पतालहरूलाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश, २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिक स्थायित्व हुन नसक्दा प्रतिक्रियावादी शक्ति सलबलाएः महासचिव पोखरेल

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको विकल्प अरू

भारत भ्रमण उपलब्धिपूर्ण रह्यो : मुख्यमन्त्री शाह

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मित्रराष्ट्र भारतको आफ्नो भ्रमण उपलब्धिपूर्ण

गभर्नर नियुक्ति प्रधानमन्त्रीका कारण ढिला भएको होइनः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्ति प्रधानमन्त्री केपी शर्मा ओलीका

नीति तथा कार्यक्रममा कुनै उत्साह र रौनक छैनः स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई लयमा ल्याउन सरकारले