बहराईनमा एक सय २६ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण



काठमाडौं । बहराइनमा थप ७७ जना नेपाली कोरोना संक्रमित भएका छन् । यस अघि ४९ जना संक्रमित रहेकोमा ७७ जना नयाँ थपिए संगै संक्रमित नेपालीको संख्या १२६ पुगेको हो ।

बहराइन स्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी गराएको हो । बहराइन अधिराज्यमा २८ अप्रिल अर्थात् मंगलबारसम्म एक लाख २१ हजार २६० जनामा कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको छ ।संक्रमित व्यक्तिहरुको संख्या १५ सय ५६ जना रहेकोमा दुई जना गम्भिर अवस्थामा रहेको दूतावासले बताएको छ ।

संक्रमणबाट निको भई एक हजार २४६ डिस्चार्ज भएका छन् । साथै मृतकको संख्या आठ पुगेको छ । बहराइन सरकारले श्रमिकहरुको स्वास्थ्य र सुरक्षा लागि नयाँ आवासमा स्थानान्तरण सुरु गरेको दूतावासले बताएको छ ।हिजो बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनका परराष्ट्र मन्त्रालयका अधिकारीहरु संग कुराकानी गर्नुभएको दूतावासले जानकारी दिएको छ ।

कुराकानीमा श्रमिकहरुको सुरक्षाप्रति राजदूतावासले जनाउँदै आएको चासोलाई बहराइन सरकारले गम्भिरतापूर्वक लिएको जानकारी गराएकोे दूतावासले बताएको छ । कामदारको वासस्थानमा स्वास्थ्यकर्मी उपलब्ध रहने जानकारी दिएको दूतावासको जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कामदारको रुचीको श्रम गन्तव्य रहेको बहराइन अधिराज्यमा गत फ्रेबुअरी २१ बाट कोरोना संक्रमण प्रसार देखिएपछि कामदारको स्वास्थ्य तथा सुरक्षामा थप संवेदनशील हुन नेपाली दूतावासले बहराइनको श्रम मन्त्रालय तथा परराष्ट्र मन्त्रालयलाई बारम्बार अनुरोध गर्दै आएको छ । बहराइनले अवैधानिक रुपमा विना कागजात कार्यरत कामदारहरुका लागी वैधानिक हुन वा बहराइन छोड्न ३१ डिसेम्बर २०२० सम्म माफी दिने निर्णय गरेको छ ।

कोरोनाको संक्रमणबाट बच्न बहराइन सरकारबाट जारी भएका निर्देशनहरु पूर्ण रुपमा पालना गर्न नेपालीहरुलाई दूतावासले अनुरोध गरेको छ । बहराइनमा कार्यरत कुनै नेपाली कुनै समस्यामा परे दूतावासमा सम्पर्क गर्न दूतावासले अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको आग्रह

काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

  काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ एक करोड ५० लाख रकम जुटाएर वरिष्ठ

सरकारले एक हजार प्रतिभावान युवालाई फेलोसिप उपलब्ध गराउने

  काठमाडौँ । सरकारले विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान युवालाई ‘फेलोसिप’ उपलब्ध

१० लाख रुपैयाँमा सुरु गरेको बेकरीबाट मासिक २ लाख आम्दानी गर्दै धरानका दुई युवा

धरान ।  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई