चिकित्सक भन्छन्- आरडिटीको तीसदेखि चालीस प्रतिशत भन्दा धेरै गलत रिपोर्ट आउँछ



डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
कोरोना संक्रमणको लागि नेपालमा गरिएको RDT टेस्ट रोग निदानको लागि नभएर सर्भे, अनुसन्धान वा प्रकोप नियन्त्रण पछि गर्ने परिक्षण बिधि हो | यो टेस्टले शरीरमा भाइरस छ कि छैन भनेर देखाउंदैन | यसले जांच गरेको व्यक्तिमा रोगसँग लड्ने एन्टीबोडी मात्र देखाउने हो | रोगको प्रकोप सुरु भएको नेपालजस्तो देशको लागि यो परिक्षण गर्नु भनेको हामीले यति हजार वा लाख नागरिकको जांच गरेका छौं भन्नको लागि मात्र हो | संक्रमण भएको 7-8 दिनदेखि महिनासम्म यसमा एन्टीबोडी देखिन सक्छ | रोग सुरु भएको वा तत्कालै रोग सरेको यो टेस्टबाट थाहा हुँदैन |

एक त यो टेस्टका किट गुणस्तरहीन छन् | ३० – ४० % भन्दा धेरै गलत रिपोर्ट आउँछ | त्यसमा पनि संक्रमण सुरु भएको अवस्थामा यो जाँचको कुनै अर्थ छैन | उदाहरणको लागि उदयपुर लगायत ठाउँका दर्जन ब्य्कतिहरुमा RDT टेस्टले नेगेटिभ रिजल्ट दिएको थियो | यदि उनीहरुलाई PCR टेस्ट नगरेको भए उनीहरुले सयौं / हजारौं जनालाई यो रोग फैलाउन सक्दथे |

सरकारले धेरै जिल्लामा दशौ हजारलाई यो परिक्षण गरिरहेको छ | रिपोर्ट नेगेटिभ आइरहेको छ | यदि RDT टेस्ट पोजिटिभ आयो भने उसलाई PCR टेस्ट गरिएको छ | यो राम्रो पक्ष हो | यसबाट कमसेकम पोजिटिभ देखिएको व्यक्ति सतर्क रहन्छ, PCR टेस्टको अवसर पाउँछ | तर RDT मा नेगेटिभ देखियो भने उ ढुक्क भएर सबैसंग भेटघाट गर्छ र धेरै जनालाई रोग सार्न सक्छ | यो निकै संबेदनशील बिषय हो |

PCR टेस्टमा सिधै भाइरसको जिन देखिने भएकोले यो बिधि विश्वासिलो छ | यसमा संक्रमण भएको सुरुको अवस्थादेखि रोग निको भएको केहि दिनपछिसम्म पोजिटिभ देखाउंछ | नयाँ रोग फैलिएको बेलामा PCR टेस्ट नै गर्नुपर्छ | घांटी वा नाकको स्वाब संकलन, त्यसको सुरक्षण, परिवहन र परिक्षण राम्रोसंग गर्यो भने PCR टेस्टबाट ७० % सहि रिपोर्ट आउँछ | नेगेटिभ देखिएका व्यक्तिलाई दोहोर्याएर PCR टेस्ट गर्ने हो भने ९० % रिपोर्ट आउँछ | PCR मा पोजिटिभ देखिएपछि त्यो पोजिटिभ नै हुन्छ, नेगेटिभ देखिएमा मात्र परिक्षण दोहोर्याउन पर्ने हो |

अहिले नेपालले जतिसक्यो PCR मेसिन किन्नुपर्छ | RDT किटमा पैसा खेर फाल्नु जरुरी छैन | युरोप, अमेरिकाजस्ता देशले त कोरोना संक्रमण थेग्न सकेका छैनन् भने नेपालजस्तो स्रोतसाधन, जनशक्ति, आइसीयु, भेन्टिलेटर आदि न्यून भएको देशले संक्रमण थेग्न सक्दैन | तसर्थ भएका RDT किटलाई स्टोरमा राखौं | अर्को बर्ष संक्रमण निर्मुल भयो कि भएन भनेर सर्भे गर्न काम लाग्छ | जति सक्यो PCR मेसिन किनौं, PCR टेस्टको दायरालाई ब्यापक बनाऔं | सरकारले मात्र नसके सयौं निजि अस्पताल छन्, तिनीहरुलाई PCR टेस्ट गर्न सहजीकरण गरौँ | कोरोना संक्रमण जित्न PCR परिक्षणको दायरा बढाएर संक्रमित समुहलाई आइसोलेसनमा राखेर उपचार गर्ने तथा स्वस्थ्य व्यक्तिलाई संक्रमितबाट सुरक्षित राख्नुको बिकल्प हामीसंग छैन |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान संचालन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि

सिकलसेल एनिमियाबारे सचेतनाका लागि स्वास्थ्यकर्मी गाउँमा

कञ्चनपुर । सिकलसेल एनिमिया र थालेसिमियासम्बन्धी पैरवी कार्यक्रम सञ्चालन गरी स्वास्थ्य कार्यालयले सर्वसाधारणलाई

मुख्यमन्त्री आचार्यद्वारा प्रादेशिक अस्पतालको भवन अनुगमन

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको अनुगमन

एचपिभी खोपस्थलमा सावधानी अपनाउन प्रशासनको निर्देशन

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन