कोरोना संक्रमण विश्वका १ सय ८५ देशमा फैलियो, दुई लाख आठ हजारको मृत्यु



विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको संख्या ३० लाखभन्दा माथि पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । उसका अनुसार हालसम्म विश्वका १ सय ८५ देशमा कोरोनाभाइरस फैलिइसकेको छ । विभिन्न माध्यमहरूबाट कोरोनाभाइरस सङ्क्रमितहरूको तथ्याङ्क सङ्कलन गरेर उक्त विश्वविद्यालयले विवरण सार्वजनिक गर्ने गर्छ ।

विश्वविद्यालयले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ), युरोपियन सेन्टर फर डिजिजेज् प्रिभेन्सन एन्ड कन्ट्रोल, विश्वभरका सरकारी स्वास्थ्य विभागहरू, स्थानीय समाचार तथा स्वास्थ्यकर्मीहरूको ठूलो अनलाइन समुदायबाट तथ्याङ्कहरू लिने गरेको छ । कोभिड १९ का कारण हालसम्म २ लाख ८ हजार मानिसको ज्यान गइसकेको छ ।

विश्वमा सबैभन्दा धेरै सङ्क्रमण अमेरिकामा देखिएको छ । यसैबीच कोरोनाभाइरस सङ्क्रमण रोकथाममा लापरबाही गरेको आरोप लागेपछि डब्लूएचओका प्रमुखले सङ्गठनको बचाउ गरेका छन् । महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले विश्वभरका सबै देशहरूले गत ज्यानुअरी महिनाको अन्तिममा ’सार्वजनिक स्वास्थ्य सङ्कटकाल’ घोषणा गरिएका बेला सुन्नुपर्ने थियो भनेका छन् ।

त्यसबेला चीन बाहिर जम्मा ८२ वटा मात्र सङ्क्रमण भेटिएका थिए र कसैको पनि मृत्यु भएको थिएन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनले पाउने अमेरिकी आर्थिक सहायता रोकिदिएका छन् । उनले डब्लूएचओले कोरोनाभाइरसलाई लिएर लापरबाही गरेको र भाइरस फैलिएको कुरालाई लुकाएको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा भारी वर्षाका कारण २९ जनाको मृत्यु

पछिल्लो ४८ घण्टामा परेको भारी वर्षाका कारण पाकिस्तानमा कम्तीमा २९ जनाको मृत्यु भएको

बुर्किना फासोका विभिन्न गाउँमा भएको आक्रमणमा १७० जनाको मृत्यु

उत्तरी बुर्किना फासोका विभिन्न गाउँहरूमा भएको आक्रमणमा परी १७० जनाको मृत्यु भएको छ

कतारी र अमेरिकी राजदूत हमाससँगको वार्ताका लागि कायरोमा

गाजामा युद्धविरामका लागि ‘नयाँ चरणको वार्ता’ शुरू गर्न कतार र संयुक्त राज्य अमेरिकाका

जेलेन्स्कीद्वारा पश्चिमी हवाई रक्षाका लागि आग्रह

  रुसी क्षेप्यास्त्र, ड्रोन र तोप हमलामा कम्तीमा ११ जनाको मृत्यु भएपछि युक्रेनका