कोरोना संक्रमणबाट अमेरिकामा ५५ हजार भन्दा बढीको मृत्यु
कोरोना भाइरसका कारण विश्वमा मृत्यु हुनेको संख्या २ लाख ६ हजार नाघेको छ । सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या २ लाख ६ हजार ९१० पुगेको छ ।
अमेरिकामा सबैभन्दा बढी ५५ हजार ४ सय ११ जनाको मृत्यु भएको छ भने इटलीमा २६ हजार ६ सय ४४, स्पेनमा २३ हजार एक सय ९०, फ्रान्समा २२ हजार ८५६ तथा बेलायतमा २० हजार ७३२ कोरोना संक्रमितको मृत्यु भएको छ ।
रुसमा भने कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । रुसले आइतबार कोरोना भाइरसका ६ हजार ३ सय ६१ जना संक्रमित थपिएको जनाएको छ । योसँगै रुसमा संक्रमित संख्या ८० हजार ९ सय ४९ पुगेको छ । त्यहाँ हालसम्म कोरोनाबाट ७ सय ४७ जनाको मृत्यु भइसकेको छ ।