काठमाडौं । सरकारले जारी लक डाउनको समय १० दिन थप गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको समय १० दिन थप गर्दै वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो ।
पछिल्लो पटक थपिएको समय वैशाख १५ गते सोमबार सकिँदै थियो । पूर्वनिर्धारित लकडाउनको समय सकिनु एक दिन अघिनै सरकारले १० दिन लम्ब्याउने निर्णय गरेको हो । त्यस्तै बैठकले अन्तर्राष्ट्रिय सीमा नाका वैशाख ३१ गतेसम्म बन्द नै राख्ने निर्णय गरेको छ ।
बाह्य जगतबाट कोरोनाको जोखिम अझै रहेकाले सीमा नाकाहरु वैशाख ३१ गतेसम्म बन्द गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । इपीएस अन्तरगत कोरिया जाने श्रमिकहरुलाई दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजाने अनुमति दिने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया