ल हेर्नुस् राष्ट्रिय आविष्कार केन्द्रले खाना र औषधि पुर्याउनका लागि बनाएको पहिलो रोबोट
महाबीर पुन ।
लौ हेर्नुहोस् राष्ट्रिय आविष्कार केन्द्रमा बनेको कोरोनाको बिरामीहरुलाई खाना र औषधिहरु पुर्याउने पहिलो रोबोट । तर यसो हेर्दा ता यो रोबोट जस्तो देखिदैन तर काम भने राम्रोसँग गर्छ । यसको प्रयोग गर्यो भने बिरामीको सेवा गर्ने नर्सहरु सुरक्षित हुन्छन् ।
यो रोबोटको विकास गर्न आविष्कार केन्द्रका अनुसन्धानकर्ताहरुलाई ११ दिन जति लाग्यो । यसमा प्रयोग भएको ट्रली नेपाली सेनाले नै दिएको हो । अन्य पार्टपुर्जाहरुको मात्र मोटामोटी खर्च ७५ हजार रुपैयँ जति लागेको छ ।
यो रोबोट आज नेपाली सेनाको कोरोना अस्पतालमा जान्छ । यस्तै रोबोटको माग बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट पनि आएको छ । अब यस्तै अरु रोबोट बन्ने छ ।