बागलुङकी १९ वर्षीया युवती कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज



काठमाडौं । नेपालकी पाँचौ कोरोना संक्रमित बागलुङकी निको भइ शुक्रबार राति १० बजे अस्पतालबाट डिस्चार्ज भएकी छन् । धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचाररत १९ वर्षीया युवती कोरोना भाइरस मुक्त भई अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

छैठौं पटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी उनलाई चैत १५ गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । उनी अस्पतालबाट डिस्चार्ज भएपछि पनि २ हप्ता होम क्वारेन्टाइनमै बस्नुपर्ने अस्पतालले जनाएको छ ।

यसअघि ती युवतीसँगै बेल्जियमबाट आएकी बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ बर्षीया मनकुमारी पौडेल कोरोनालाई जितेर ६ बैशाखमा घर फर्किएकी थिइन् । नेपालमा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । जसमध्ये ११ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
फोटोः गणेश पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान संचालन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि

सिकलसेल एनिमियाबारे सचेतनाका लागि स्वास्थ्यकर्मी गाउँमा

कञ्चनपुर । सिकलसेल एनिमिया र थालेसिमियासम्बन्धी पैरवी कार्यक्रम सञ्चालन गरी स्वास्थ्य कार्यालयले सर्वसाधारणलाई

मुख्यमन्त्री आचार्यद्वारा प्रादेशिक अस्पतालको भवन अनुगमन

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको अनुगमन

एचपिभी खोपस्थलमा सावधानी अपनाउन प्रशासनको निर्देशन

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन