राहतमा आहत



डा. गोविन्दशरण उपाध्याय ।

सरकारलाई पनि थाहा छ राहतको दुरुपयोग हुँदैछ भन्ने तत्थ्य | काठमाडौँ उपत्यका लगायतका ठाउँमा धेरै लामोसम्म मान्छे थुनिए वस्न सक्ने र बाँच्न सक्ने अवस्था छैन |

सरकारले जतिधेरै कुरा गरे पनि घरभेटीले एकसुको भाडा छोड्ने होइनन् (सहरमा धेरैजसो घरबेटी सरकारी कर्मचारी वा व्यापारी वा नेता नै छन्) र बिजुली बिल तिरिदिने भन्ने कुरा सपना नै ठहरिने हो |

ब्यापारी, नेता र घरबेटी सरकारका नियन्त्रणमा छैनन् | अहिले नै सामग्रीहरूको कालाबजारी हुँदैछ भन्ने पनि सरकारलाई थाहा छ | एस्तो अवस्थामा पैसो नभएपछि मान्छे घर नघाटको हुन्छ |

समय मै बुद्धि पुर्याएर लकडाउनको स्वरूप फेर्नेतिर सजग हुनुपर्छ | रोग फैलिनबाट रोक्नु अनिवार्य छ तर नागरिकता पेस नगरेसम्म राहत नदिने सरकारी निर्णय पनि डरलाग्दो छ |

राहत केवल राहतयोग्य मान्छेसंग पुग्नुपर्छ, आसेपासे र पार्टीका कार्यकर्तालाई होइन तर एस्तै खवर आइररहेका छन् | गलत मान्छेहरूको क्रियाकलापले सरकारको असल प्रयासलाई नराम्रो असर परिरहेको छ |

काठमाडौँ उपत्यकासहित अन्य सहर र गाउँहरूमा वाहिरबाट आउने/जाने क्रियाकलापलाई पूर्ण नियन्त्रित गरेर लकडाउन खोल्नेतिर सरकारले ध्यान दिनुपर्छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी