अमेरिकी संसद्‌द्वारा ४ सय ८४ अर्ब अमेरिकी डलरको राहत प्याकेज अनुमोदन



कोरोनाभाइरससँग जुझिरहेको अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले ४८४ अर्ब अमेरिकी डलरको राहत प्याकेज सम्बन्धी विधेयक अनुमोदन गरेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले यसबारे कानुनमा चाँडै हस्ताक्षर गर्ने बाचा गरेका छन् ।

यो सँगै सङ्घीय सरकारले कोरोनाभाइरसको विश्वव्यापी महामारीले प्रभाव पारेका साना व्यवसायका साथै कोभिड १९ को सङ्क्रमणका कारण बिरामी परेकाहरूको सङ्ख्या उच्च रहेको अस्पतालहरूलाई राहत स्वरूप थप ऋण उपलब्ध गराउने छ । सङ्क्रमण भएको हुन सक्नेहरूको परीक्षणका लागि पनि उक्त कोषबाट सहयोग गरिने बताइएको छ ।

हाउस अफ रिप्रिजेन्टेटिभ्समा उक्त प्याकेजसम्बन्धी विधेयकको पक्षमा ३८८ सदस्यले भोट हालेका थिए भने पाँच जना विपक्षमा उभिएका थिए । यो सँगै अमेरिकामा सङ्घीय सरकारले पछिल्लो चुनौतीसँग जुझ्ने क्रममा खर्च गर्ने रकम करिब ३० खर्ब डलर पुगेको बताइएको छ ।

अमेरिकामा गएको एक सातामा थप ४४ लाख सर्वसाधारणहरूले बेरोजगार भए बापत पाउने सुविधा दाबी गर्दै आवेदन दिएका छन् । यो सँगै गत मार्च महिनाको मध्यदेखि त्यहाँ बेरोजगार भएको दाबी गर्दै आवेदन दिनेहरूको सङ्ख्या २ करोड ६४ लाख पुगेको छ । उक्त सङ्ख्या अमेरिकी जनशक्तिको १५ प्रतिशत भन्दा बढी रहेको बताइएको छ ।

तर पछिल्लो तथ्याङ्कका अनुसार अमेरिकामा बेरोजगार भएको भन्दै आवेदन दिनेहरूको सङ्ख्या भने घट्दै गएको बताइएको छ । विश्लेषकहरूका अनुसार द ग्रेट डिप्रेसन भनिने सन् १९२९ देखि १९३० सम्मको अवधिपछि विश्व यति ठूलो आर्थिक सङ्कटको सामना गर्दै छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले अमेरिकी अर्थतन्त्र यो वर्ष ५.९ प्रतिशतले सङ्कुचित हुन सक्ने अनुमान गरेको छ ।

कोरोनाभाइरसको विश्वव्यापी महामारीसँग सङ्घर्ष गरिरहेको अमेरिकामा देशको अहिलेसम्मकै ठूलो २० खर्ब डलर बराबरको आर्थिक प्याकेज ल्याइसकिएको छ र बेरोजगारी बापत पाइने सुविधाका लागि आवश्यक पर्ने योग्यताको विस्तारका साथै उनीहरूलाई दिइने रकमको दायरा पनि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चन

  काठमाडौँ । कुमारीलाई जीवित देवीको मान्यता दिइन्छ । निश्चित समय मन्दिरमा बसेपछि

फागुन १ गतेदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने

काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिज् आगामी फागुन १

कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

के हो सुन्दरता ?

भेषराज कार्की, काठमाडौँ । सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री