अनि मुख बन्द गर्नेछन् अध्यादेशको विरोध गर्नेले



भरत दाहाल ।

मदन भण्डारी र जीवराजको हत्यापछि एमालेहरुले कांग्रेसलाई हत्याको मतियार भनेर आन्दोलनका नाममा काठमाडौंका चोक चोकमा रेलिङहरु भाँचे तर जब मानसपिताको आकाशवाणी आयो त्यसपछि यीनीहरुले दासढुंगाका बारेमा आफैले बनाएका आयोगका रिपोर्टहरु च्यातचुत पारी कांग्रेससंग मिलेर लुट मचाउन सुरु गरे। दरबार हत्याकाण्डलाई यीनीहरुले सुरुमा ग्राण्ड डिजाईनका रुपमा ब्याख्या गरे तर जब मानसपिताको आकाशवाणी आयो तब यिनीहरुले राष्ट्र प्रमूखको हत्या जस्तो गंभीर विषयमा संसदमा शोक प्रस्तावसम्म लगेनन्।

०५२ साल फागुन देखि यिनीहरुले ‘नयाँ जनवाद र प्रजातन्त्रवाद’ का नाममा नेपाली जनताको रगतको ब्यापार गर्न सुरु गरे तर जब मानसपिताले यीनीहरु एउटै बाबुका सन्तान हुन् भन्ने जानकारी गरायो तब यीनीहरु ०६२ सालमा मानसपिताकै आँगनमा जुटेर अँगालोमा बाँधिए। मानसपिताले आकाशवाणी नपठाउँदासम्म यिनीहरुले ओलीको अध्यादेशको विरोध गर्ने हुन्। यो अध्यादेश आफ्नै पिताको आवश्यकता हो भन्ने थाहा पाएपछि यीनीहरु सबैका मूख बन्द हुनेवाला छन्। बाबुले गरिदिने अंशबण्डा स्विकार्नु बाहेक यीनीहरुसंग अर्को विकल्प छैन।

यति मात्रै होईन, ओलीको अध्यादेशको विरोध गर्ने चटकेहरु धेरैलाई सांकेतिक रुपमा यो कुरा पहिल्यै जानकारी गराईएको थियो। माधव नेपालसंग त सल्लाह भएरै अध्यादेश अगाडी बढाईएको थियो। केपी ओलीपछि अर्को पुत्रलाई सिंगार्नु पर्ने भएको हुनाले विरोधको नाटक मञ्चन गराईएको छ। एउटै रगतबाट बनेका यो चटकमा फस्ने गल्ति गर्नु हुँदैन। इतिहासमा यति धेरै नाटक देखिसकेका नेपालीहरु यिनीहरुको मायाजालबाट अलग बस्ने र देशलाई कसरी बनाउने भन्ने सोंचमा लाग्नु सबै भन्दा ठूलो बुद्धिमानी हो।

यिनीहरुका बिचमा भिन्नता देख्नु महाभूल हुनेछ। यिनीहरुका बिचमा जति झगडाहरु हुन्छन्, त्यसमा राष्ट्रियता र जनजिविकाका प्रश्नहरु कहिल्यै पनि सामेल गरिएका छैन। अहिलेको नक्कली झगडा पनि भ्रष्टाचार निर्मुलन, रोजगारी, शान्तिसुरक्षा र विकासका लागि भएको छैन। झगडा त चोर र डाँकाहरुका बिचमा पनि हुन्छ। झगडा त लेण्डुप दोर्जे र ईन्दिरा गान्धीका बिचमा पनि भएको थियो। यिनीहरुको झगडा के का लागि हुन्छ र उनीहरुसंग हाम्रो झगडा के का लागि हुनु पर्छ भन्ने कुरा छुट्टयाउनु पर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टुटेको आशालाई विश्वासमा परिणत गर्न नवीन सोच राख्नुपर्छ

-डा. शोभाकर पराजुली मजबुत लोकतान्त्रिक संस्कृति निर्माण गर्नु भनेको एक जटिल र दीर्घकालीन

भिजिट भिसाको आवेदन

नारायण गाउँले । मैले आमाको भिजिट भिसा आवेदन गर्दै थिएँ । त्यहाँ आयस्रोत

समाजमा सुशासन स्थापना गर्ने प्रवृत्ति

-डा. लछी सिंह सर्वप्रथम म समाज शब्दको उत्पति कहाँ र कहिलेबाट भएको प्रष्ट

हौसिनुको गन्तव्य के ?

-डा. गोविन्दशरण उपाध्याय । हामी नेपालीहरू हौसिन्छौँ, तम्सिन्छौँ रौसिन्छौँ । कुन ठाउँमा कसरी