संविधानको भावना र मर्म विपरित ल्याइएको अध्यादेशको कांग्रेसले प्रतिवाद गर्ने



काठमाडौं । नेपाली कांग्रेसले कोरोनाको संक्रमणकाविरुद्ध सिंगो देश एक ढिक्का रहेर लडिरहेको र अझ शसक्त भएर लड्नुपर्ने बेला संविधानको मर्म र भावना विपरीत अधिनायकवादी सोचका साथ सरकारले अध्यादेश ल्याएको भन्दै खेद व्यक्त गरेको छ ।

मंगलबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले बैठकले जनताको जीवनप्रतिको उदासिन ब्यवहार र लोकतान्त्रिक संविधानका लागि यो अशुभ संकेतका रूपमा लिंदै भत्सर्ना र खेद व्यक्त गरेको हो । सरकारको कदम लोकतान्त्रिक संविधानलाई असफल बनाउने षड्यन्त्र गरिनुलाई कम्युनिष्ट सरकारको नियोजित नियत ठहर गर्दै बैठकले एक्यवद्ध ढंगले यसको प्रतिवाद गर्ने एवं सबै राजनैतिक दल, संघसंस्था, नागरिक समाज, आम संचारका माध्यम र समस्त नेपालीलाई यसका विरुद्ध उभिन अपील गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली

गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था हुँदैनः मन्त्री खड्का

संखुवासभा ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्घीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै

हिमवत्खण्ड सम्मिलन किन ?

काठमाडौं । हिमवत्खण्ड क्षेत्रका भाषाभाषीका विभिन्न संस्कृति, सभ्यता, ज्ञान र परम्परालाई आत्मसात् गर्दै

रवि लामिछाने राजतन्त्रको लाइनमा थिए त ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली चाहेको बताएको