जतिजति धेरै पढ्यो उति धेरै तुच्छ मतिको कसरी हुँदै जान्छ मान्छे ?



स्वागत नेपाल ।

म मेची क्याम्पसमा आइ एल पढ्दै गरेको वर्ष सन् १९९१ मा त्यही क्याम्पसबाट पहिल्यै पास आउट भएर गएको एउटा विद्यार्थीले Delhi School of Economics, University of Delhi बाट Monetary Economics मा पिएचडी सकेर, योजना आयोगको उपाध्यक्ष भ्याएर, गभर्नरको जागीर पनि खाएर अनि अर्थमन्त्रीको जागीर पनि दुई दुई पटक खाइसकेएपछि मात्र बल्ल भोकले मान्छे मर्छन् भन्ने बुझेको समाचार पढ्न सुन्न पाएपछि म पनि पढेको त्यही क्याम्पसको इज्जत सम्झँदैछु यतिबेला जुन क्याम्पसको प्राङ्गणमा ०४६ सालको आन्दोलनको पहिलो शहीद पूराना वीर भक्ति थापाहरुलाई सम्झाउने राम थापालाई मण्डलेहरुले छुरी हानेर मारेका थिए ।

त्यो दिन म त्यही क्याम्पसको चौरमा पुगेको मात्र थिएँ । म पनि जन्मिएको त्यस्तो भूमि जहाँ ०४६ सालको तात्कालीक विद्रोहको झुल्को बनेर उदाएका दामोदर शूरवीर पाण्डेहरुलाई सम्झाउने शहीद लक्ष्मी पाण्डेको हत्या भएको थियो । सम्मानमा प्रदिप नेपालले देउमाइको किनारमा लेख्नुभयो, बलिदानजस्ता फिल्महरु बने । त्यस्तो रक्तरञ्जित इहिासले जन्माएको भूमिबाट ऐंजेरु पलाएका गोरा कलेवरका काला फूलहरुप्रति कसरी के शब्दले टिप्पणी गरुँ ?

रातो रगत पोखिएको माटोमा उम्रिएका काला फूलहरु मजदुरको रगत, पसिना, आँसु र वीर्य (सँस्कृतमा वीर्य भन्नाले वीरता) खाएर उग्राएका तिनका वाक्यहरु समाचारहरुमा देख्दा; त्यही बलिदानीको पोखरीमा डुबुल्की मारेर माछा-खोजी व्यापारमा लागेका मिडियाहरु समेत देख्दा पनि उदेक लाग्छ अर्कोतिर । भोका पेटहरुले जन्माएको इतिहासप्रति व्यंग्य गर्ने जनविरोधीहरुलाई कसरी यस्ता यस्ता नचाहिँदा शैलीमा मात्र बोल्न आउँछ हँ, जतिजति धेरै पढ्यो उति धेरै तुच्छ मतिको कसरी हुँदै जान्छ मान्छे ?

जतिजति धेरै जिम्मेवार बन्नु पर्ने पदमा पुग्छ त्यति नै विनयशील हुनुुपर्नेमा झन् राजनीतिको नाममा व्यपार मात्र गर्ने तिनकै छोराछोरीनाति पनातिपनातिहरुमा समेत घुणा पलाउने गरी कसरी बोल्न सक्छन् ? कारण एउटै हो तिनले मन्त्रीको जागीर खाएको न हो , भोका पेट हुने दुःखी गरिवको लागि हुँदै होइन । राजनीतिको नाममा कि विदेशीको जागीर खाने छन् कि स्वदेशी छोटे प्रभुका् जागीर खानेहरु छन् ।

जीवनमा जागीर बाहेक नि:शुल्क वा विना पैसा कुनै काम तिनले गरेका भए पो जनताको बारेमा के भन्दा चित्त पनि दुख्छ होला जनताको भनेर थाहा हुन्थ्यो । गरिब दुःखीको खिल्ली उडाइरहेको तिनका अनुहारहरु देख्दा नराम्रोसँग मेरा पाइताला चिलाउँछन्, लकडाउनमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
व्यक्तित्व र व्यक्तित्व विकार

डा. गोविन्दशरण उपाध्याय । व्यक्तित्व चिन्तन, भावनात्मक प्रतिक्रिया, सम्वन्धको निर्वाह, सन्तुलित क्रियाकलाप र

कोरोनाको दोस्रो लहरको अवस्था यस्तो छ

 – डा. रवीन्द्र पाण्डे। .. – गतसाल फैलिएको महामारीभन्दा अहिलेको फरक छ ।

आक्रोशी तर विवेकी युवा नेतृत्वको अपरिहार्यता

केशवप्रसाद भट्टराई । १. नेपालको समस्या न भारत हो न अमेरिका हो, न

विवाद पर्दा धर्म सम्झौं

डा. गोविन्दशरण उपाध्याय । विवादे धर्ममनुस्मरेत् (चासू–४७०) वादविवाद वा झगडाका वखतमा धर्म सम्झनु