कोरोना भए नभएको पुनः पुष्टि गर्न बीपी प्रतिष्ठान र भेरी अस्पताल पनि तोकिए



काठमाडौं । पीसीआर मेसिनबाट परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएका नमुनाको पुष्टि गर्न थप दुई स्थान तोकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर मेसिनमा कोरोना परीक्षण गर्दा संक्रमण देखिएमा पूर्वको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पश्चिमको नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालाले एकीन गर्ने मन्त्रालयले आइतबार गरेको पत्रकार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यसअघि आरडीटी परीक्षणमा कोरोना पोजेटिभ देखिँदा पुनः पीसीआरमा परीक्षण गर्दा समेत पोजेटिभ देखिएमा थप एकीन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याउने गरिएको थियो । त्यस्तै कोरोना संक्रमण भएर सेती प्रादेशिक अस्पतालमा उपचारार्थ भर्ना भएका २१ वर्षीय युवक निको भएका मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए ।

नेपालमा अहिलेसम्म ३१ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार उदयपुरमा थप एकजना ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

एचपिभी खोप पूर्ण रूपमा सुरक्षित छः स्वास्थ्यमन्त्री पौडेल

  काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण (ट्रायल)का लागि

वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

वीरगञ्ज । वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब

महानगरको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवा लिनेको संख्यामा उल्लेख्य वृद्धि, ७ महिनामा लिए ९३ हजारले सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट प्रवाह गरिरहेको स्वास्थ्य सेवामा सेवाग्राहीको सङ्ख्या