पीसीआर प्रविधिबाट ८ हजार १७ जनाको नमुना परीक्षण



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर २७ हजार भन्दा बढीको कोरोनाको नमुना परीक्षण भएको जनाएको छ । शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआर परीक्षणबाट आठ हजार १७ र आरडीटी किट परीक्षणबाट १९ हजार ४ सय ५४ जनाको नमूनाको परीक्षण गरिएको जानकारी दिएका हुन् ।

उनले  देशका ७७ वटै जिल्लामा र्यापिड डाइग्नोस्टिक टेस्ट किटबाट परीक्षण शुरू भएको जानकारी दिए ।  मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा चारहजार ५३६ जना छन् भने आइसोलेसनमा ११७ जना छन्  । मोबाइल एप्लिकेसन र वेबसाइटमा गरेर हालसम्म २० हजार १३० जनाले आफ्नो स्वास्थ्यका बारेमा जानकारी लिएका मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले ५ वैशाखमा उदयपुरमा भेटिएका १२, चितवनमा भेटिएका दुईजनासमेत गरेर कोभिड १९ संक्रमितको संख्या ३० पुगेको जनाएको छ । तीमध्ये पहिलो संक्रमित यसअघि नै निको भएर घर फर्किसकेका छन् भने दोस्रो संक्रमित शनिबार निको भएर घर फर्किएकी छन् ।

त्यस्तै कोरोनाभाइरस संक्रमण देखिएपछि २७ दिन टेकु अस्पतालमा विताएर डिस्चार्ज भएकी काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठले अस्पतालमा उपचारमा रहँदा स्वास्थ्यकर्मी, डाक्टर, नर्स र कर्मचारीबाट आफूलाई धेरै सहयोग मिलेको बताएकी छन् । उनी गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध

काठमाडौँ। चन्द्रागिरि नगरपालिकाले सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध गरेको छ ।

अब बागमती प्रदेशभित्रका सबै अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु हुने

  भक्तपुर । बागमती प्रदेशभित्रका प्रादेशिक अस्पतालहरूमा यही माघ २२ गतेदेखि बिहान ८

सिरहाका तीन अस्पतालाई स्वास्थ्य उपकरण सहयोग

सिरहा । सिरहाका तीन अस्पतालाई करोडौं मुल्य बराबरका स्वास्थ्य सामग्री तथा उपकरण प्राप्त

भरतपुर अस्पतालको प्रयोगशाला रिपोर्ट स्वचालित मेसिनबाट

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशाला लगायतका परीक्षणको रिपोर्ट स्वचालित प्रविधिमा बिरामी आफैले लिनसक्ने