शरीर गाडी हो भने म ड्राइभर, ड्राइभर सचेत र परिपक्व भयो भने दुर्घटना हुँदैन



: डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नेपालमा पनि डर, त्रास तथा असुरक्षाको बादल मडारिएको छ | अहिलेसम्मको अध्ययन तथा अनुसन्धान विश्लेषण गर्ने हो भने हामी सतर्क र सजगता अपनाएमा बिकराल स्थिति आउंदैन |
– विश्वमा हाल २२ लाख ५० हजार ७ सय ५७ जना कोरोना भाइरसबाट संक्रमित हुँदा नेपालमा ३० जना मात्र संक्रमित हुनुलाई डरको बिषय मान्नुपर्दैन |

– विश्वमा १ लाख ५४ हजार २ सय ६२ जनाको कोरोना संक्रमणबाट मृत्यु हुँदा नेपालमा यो रोगबाट १ जनाको पनि मृत्यु भएको छैन |

– हाम्रो देशमा देखिएको कोरोना संक्रमण अरु देशभन्दा फरक छ | सामान्यतया अन्य देशमा ठूलो ज्वरो, लहरे सुख्खा खोकी, सास फेर्न गाह्रो, पखाला आदि लक्षण देखिएपछि अस्पताल जाने, टेस्ट गर्ने अभ्यास छ | हाम्रो देशमा देखिएका १ जना बाहेक सबै बिरामी बाहिरबाट आएका, संक्रमण भएको धेरै दिन भएका तर लक्षण नदेखिएका हुन् | उनीहरु बिरामी भएर अस्पताल गएका हैनन् | उनीहरुलाई सरकारले खोजेर वा सूचना पाएर जांच गर्दा पोजिटिभ देखिएका हुन् | ती ३० जनामा झन्डै आधा त भारतीय नागरिक हुन् |

– ३० जना संक्रमित मध्ये १ जना धेरै पहिले निको भइसकेका छन् | बाँकी संक्रमित अस्पतालको आइसोलेसन वार्डमा छन् | उनीहरुले भनिरहेका छन् – हामीलाई केहि पनि गाह्रो भएको छैन | त्यस्तै १ जना पनि गम्भीर भएर आइसीयु वा भेन्टिलेटरमा जानु परेको छैन |

– अरु देशमा अचानक बिरामी हुने, लक्षण फटाफट बढ्ने, अस्पताल जाने, आइसीयु भर्ना हुने जस्ता घटना भइरहेका छन् | हामीकहाँ बाहिरबाट नेपाल आएको १ महिना पुरा हुँदा पनि टेस्टमा पोजिटिभ देखिएको छ | तर लक्षण देखिएको छैन | यसको मतलब उनीहरुमा ‘ सक्रिय संक्रमण ‘ छैन |

– यी तथ्यबाट के बुझिन्छ भने या कोरोना भाइरस Mutation हुँदै गर्दा हामीकहाँ कमजोर Strain वाला देखिएको छ वा हाम्रो हावापानी, खानपिन, रहनसहन आदिले गर्दा हाम्रो इम्युनिटी पावर धेरै छ | यो अनुसन्धानको बिषय हो |

– भारत लगायत दक्षिण एसियामा फैलिएको भाइरस समेत कमजोर देखिएको छ | अहिलेसम्म भारतमा १४ हजार ३ सय ५२ जना संक्रमित हुँदा मृतकको संख्या ४८६ मात्र छ | दक्षिण एसियाका अन्य देशमा संक्रमण एकदम सुस्त गतिमा छ |

– लकडाउनको पूर्ण पालना तथा नेपालले गरेको भन्दा २ हप्ता पहिले बोर्डर शिल एबम एयरपोर्ट बन्द गरेको भए हामीकहाँ एउटा मात्र संक्रमितकेस हुने रहेछ |

– घना बस्ती रहेको काठमाडौं उपत्याका, बुटवल, पोखरा, बिराटनगर, नेपालगंज लगायत ठाउँमा कोरोना संक्रमण नफैलिनु निकै सुखद कुरा हो | त्यस्तै कुपोषण, अशिक्षा, सरसफाइमा कमी, गुजुप्प बस्ती रहेका ठाउँ पनि अहिलेसम्म संक्रमित देखिएका छैनन् |

– सरकारले टेस्ट नगरेर यस्तो देखिएको हो भनेर भन्न मिल्दैन | कोरोना संक्रमण बढेको भए सिकिस्त हुने वा मृत्यु हुनेको संख्या पनि बढ्ने थियो | नियमित जन्म र मृत्यु त भइरहेका थिए, छन् |

– यदि सरकारले न्यून आय भएका व्यक्तिलाई पुग्दो राहत दियो भने, लकडाउनलाई अझै कडा गर्यो भने र बोर्डरलाई अझै कडा रुपमा शिल गर्यो भने नेपालमा यसको प्रकोप फैलिने कडी थप कमजोर बन्नेछ |

सतर्क रहौं, शंकास्पद व्यक्ति कतै देखिएमा प्रहरीलाई खबर गरौँ ! मन बलियो बनाऔं ! शरीर गाडी हो भने म ड्राइभर | ड्राइभर सचेत र परिपक्व भयो भने दुर्घटना हुँदैन |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

पूँजीवादी कार्लमार्क्स

-डा. गोविन्दशरण उपाध्याय । कार्लमार्क्सको चिन्तनले विश्वको परम्परागत चिन्तन र व्यबहारलाई धेरै प्रभावित

एचपिभी खोप पूर्ण रूपमा सुरक्षित छः स्वास्थ्यमन्त्री पौडेल

  काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण (ट्रायल)का लागि

वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

वीरगञ्ज । वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब