‘यी श्रमिक जागेका दिन पर्ख कणहरू !’



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिंडेर गन्व्यतिर गइरहेका नागरिकलाई रोक लगाउन प्रधानमन्त्रीले दिएको निर्देशनप्रति असन्तुष्टि जनाएका छन् ।

शुक्रबार राति ट्वीट गर्दै भट्टराईले प्रधानमन्त्रीको निर्देशनप्रति असन्तुष्टि जनाएका हुन् । उनले प्रधानमन्त्री काम पनि नगर्ने र बाटो पनि नछाड्ने भन्दै प्रधानमन्त्रीको काम गराई प्रति असन्तुष्टि जनएका हुन् । उनले लेखेका छन्, ‘सरकारको गति न ह.. न बाटो छोड्छ भने जस्तो भयो!मिडिया,सांसद,अदालत सबै चिच्याउँदा पनि लम्बे यात्रामा भोकै पैदल हिंडेका श्रमिकहरूको पीडाले यसलाई छुँदैछुँदैन! भूकम्पको वेलाजस्तो हामी सांसद र नागरिकले स्वतन्त्र पहल गरौं भने पनि स्वास्थ्य प्रोटोकलले नमिल्ने ! यी श्रमिक जागेका दिन पर्ख कणहरू!

प्रधानमन्त्रीले शुक्रबार दिउँसो बालुवाटारमा मन्त्रिपरिषद् सदस्यहरु, उच्चस्तरीय समन्वय समिति, कोभिड क्राइसीस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का पदाधिकारीसहितलाई बोलाएर लकडाउनको कडा पालना गराउन निर्देशन दिएका थिए ।

उनले जो जहाँ हिँडेर पुगेको छ त्यही बस्ने व्यवस्था गर्न र खानबस्नका लागि स्थानीय र प्रदेश सरकारले व्यवस्थापन गर्न निर्देशन दिएका थिए । यता शुक्रबारै सर्वोच्च अदालतले पनि अलपत्र नागरिकलाई निःशुल्क गन्तव्यसम्म पुर्याउन सरकारलाई आदेश दिएको थियो । तर प्रधानमन्त्रीले त्यसको बेवास्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली

गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था हुँदैनः मन्त्री खड्का

संखुवासभा ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्घीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै

हिमवत्खण्ड सम्मिलन किन ?

काठमाडौं । हिमवत्खण्ड क्षेत्रका भाषाभाषीका विभिन्न संस्कृति, सभ्यता, ज्ञान र परम्परालाई आत्मसात् गर्दै

रवि लामिछाने राजतन्त्रको लाइनमा थिए त ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली चाहेको बताएको