अहिले देशलाई महामारीबाट बचाऔं, बाँकी बहस पछि गरौंलाः स्वास्थ्यमन्त्री ढकाल



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अहिले देशलाई महामारीबाट बचाउनु प्रमुख दायित्व भएको बताएका छन् । सोमबार नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री ढकालले देशलाई महामारीबाट बचाउनुपर्ने र बाँकी बहस पछि गर्न उचित हुने बताएका हुन् ।

उनले महामारीविरुद्धको लडाई सबै एकजुट भएर मात्र लड्न सकिने बताए । महामारीका बेलामा जनताको स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी गर्नु नै प्रमुख दायित्व हुने मन्त्री ढकालको भनाइ थियो । कोरोना भाइरसको महामारीविरुद्ध अग्रपंक्तिमा रहने चिकित्सक र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाको प्रत्याभूति सरकारले गर्ने उनले बताए ।

मन्त्री ढकालले अहिले कोरोना भाइरसको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीको विश्वव्यापी अभाव रहेकाले आफूसँग भएका साधनको दुरुपयोग नगरी अधिकतम सदुपयोग गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थप १५७७ जनामा कोरोना संक्रमण, २५१८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

डब्लुएचओले भन्यो-दुई भिन्न किसिमका खोप लगाउँदा बढी प्रभावकारी हुन्छ भन्ने कुरा आधारहीन

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपालले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका

थप १५११ जनामा कोरोना संक्रमण, ३५५८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

थप ३७०३ जनामा कोरोना संक्रमण, ४९५४ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ३७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य