‘प्रधानमन्त्री ज्यू, वरिपरीका सल्लाहकारले दिएको भन्दा साझा पार्टीले दिएको सल्लाह तपाईं र देशका लागि बढी हितकर हुनसक्छ’



प्रधानमन्त्रीज्यू,

तपाईंले ‘छुट्टै संयन्त्र’ चाहिँदै भन्नुभएछ, ठिकै छ। Sajha Party ले त ‘छुट्टै’ होइन, तपाईंकै नेतृत्वमा तपाईंलाई नै सघाउन प्रमुख दलका नेताहरू सबै एकवद्ध भएर एउटा उच्चस्तरीय संयन्त्र बनोस् भनेको हो। प्रचण्डजीलाई पनि मैले त्यही सुझाएको थिएँ। उहाँ सकारात्मक हुनुहुन्थ्यो।

अनि तपाईंका अर्का नेता नारायणकाजी श्रेष्ठले सांसद विकास कोष खारेज गर्न माग गर्नुभएछ, जुन माग हामीले शुरूदेखि गर्दै आएका थियौँ। कोरोना संक्रमणको असरसँग लड्न एक वर्षमा २० अर्ब त त्यसबाट मात्र बचत हुन्छ।

हाम्रो प्रदेश सांसद Shova Shakya ले त सो रकम आफू पनि नलिने घोषणा गर्दै अरूलाई पनि नलिन आग्रह गर्नुभएको थियो। नीत निर्माण गर्नु पर्ने सांसदलाई ‘ठेकदार’ बनाउनु हुँदैन भन्ने हाम्रो भनाई हो।

अब त्यो सल्लाह पनि सुन्दिन भन्नोस् है। सानो पार्टीले भनेको कुरा राम्रै भए पनि सुन्यो भने आफ्नो अहंमा चोट पुग्छ भन्ने लागेको होला तपाईंलाई। त्यसरी नसोच्दा बेस होला।

तपाईं वरिपरीका सल्लाहकारले दिएको भन्दा साझा पार्टीले दिएको सल्लाह तपाईं र देशका लागि बढी हितकर हुनसक्छ। एकपटक विचार गर्नुहोला।

रवीन्द्र मिश्र, संयोजक, साझा पार्टी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सांसद खानद्वारा पद तथा गोपनीयताको शपथ

  काठमाडौँ ।  सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना

ढुक्क हुनुस् वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैनः पूर्वप्रधानमन्त्री खनाल

मोरङ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान

एकीकृत समाजवादीले पार्टी सदस्यको सदस्यता परीक्षण गर्ने

  काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरुको

युवा पलायन रोक्न देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न जरुरी छ : सांसद यादव

काठमाडौँ । अहिले वैदेशिक रोजगारीमा जाने युवाको ताँती छ । युवा पलायन रोक्न