अहिलेसम्म ४ हजार ४ सय २६ जनाको नमूना परीक्षण, नयाँ संक्रमण देखिएन



काठमाडौं । स्वास्थ्य मन्त्रालयले अहिलेसम्म कोरोना संक्रमणको ४ हजार ४ सय २६ नमूनाको परीक्षण सम्पन्न भएको जानकारी दिएको छ । मन्त्रालयमा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ४ हजार ४ सय २६ नमूनाको परीक्षण सकिएको र नयाँ पोजेटिभ नदेखिएको जानकारी दिए ।

यसअघि पोजेटिभ देखिएका ८ जना अहिले उपचारत रहेका र उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताए । त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ९७ जनाको नमूना परीक्षण भएको छ । प्रवक्ता देवकोटाका अनुसार केन्द्रीय प्रयोगशाला टेकुमा अहिलेसम्म ३ हजार ३ सय ९२ जनाको नमूना परीक्षण गरिएको छ ।

टेकुमा पछिल्लो २४ घण्टामा ६०९ जनाको नमूना परीक्षण सम्पन्न भएको छ । त्यस्तै काठमाडौँ बाहिर अहिलेसम्म ७ सय ४२ जनाको नमूना परीक्षण भएको छ भने पछिल्लो २४ घण्टामा २८८ जनाको नमूना परीक्षण भएको उनले बताए । उनले अहिले दैनिक ७ देखि ८ सयका दरले नमूना परीक्षण हुनथालेको बताए । उनले अहिले र्यापिड टेस्ट किट सातै प्रदेशका सबै जिल्लामा पुगेको भन्दै सुदूरपश्चिमका सबै जिल्लामा नमूना परीक्षण गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

  काठमाडौँ ।  सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको