एउटा मन
डा.गोविन्दशरण उपाध्याय ।
सर्लाहीका एकजना बृद्ध काठमाडौँमा मजदुरी गरेर आफ्नो र आफ्ना बालबालिकाको गुजारा गरिरहेका थिए |
अचानक कोरोनाले गाउँ, शहर र देश नै बन्दमा परे | उनी पनि बेरोजगार भए | विहान बेलुका खानकै समस्या भए पछि आफुले काम गर्ने साइटसंगै रहेका छ्मेकीसंग सहयोगको याचना गरे | ठूलो घर भएकाहरूको ठूलो थिएन | केहीले सहयोग गरे तर कहिलेसम्म !!
आफु वसेको वडामा सरकारले “मजदुरी गर्नेलाई खाना दिन्छ” भनेको सुनेर तेहा गए | तेहा नागरिकता खोजियो दूई दिनको भोको पेट र बूढो शरीर कसैले देखेन | पार्टीको मान्छे नभएकोले कसैले सिफारिस गरेन |
तर कसैले पत्याएन् | “धोती” भनेर हेपे कसैले मधेसी भने त केहीले भारतीय भन्न सम्म भ्याए | मन दुख्यो, चित्त दुख्यो | उनीसंग माग्नुको विकल्प थिएन |
तेसै बीच उनलाई कसैले पशुपतिनाथमा विहान “१० बजे खिचडी” दिन्छन् भने पछि उनी तेहा पुगेर खिचडी लिन्छन् | तेहा जाँदा र आउँदा धेरै पटक लकडाउन तोडेको भनेर पुलिसले पिट्यो छ र बाटोमा बसाल्यौ |
उनी हिंडेर पशुपति जान सक्थे तर उनीसंगै काम गर्ने रामेछापका भोजवहादुर तेहासम्म जान पनि सक्दैनन् र तिनकी एकमात्र छोरी फूच्ची ७ वर्षकी छन् | उनीहरू धेरै रात भोकै सुतेको देखे, सानी बच्ची रोएको सुने |
महेन्द्रको मन पग्लियो | उनले फूच्च्चीलाई मदत गर्ने अठोट गरे | महेन्द्रले हरेक दिन आफुले खिचडी खाइवरी आफ्नो बाल्टीमा खिचडी बोकेर ल्याउँछन् | एसो गर्दा उनले धेरै अपमान पनि सहे | तिनैको भरमा भोज वहादुर र उनकी छोरी जीवित छन् |
महेन्द्र भन्छन् ” अव त यो भोज र यिनकी छोरीको लागि पनि म घर जान्न | यी भोकै मर्छन् |” सरकारी सहयोग हामीले होइन हाम्रा छिमेकीले पाएका छन् | हामी गरीवलाई कसले पत्याउने ?
——
छिमेकिको धन र सरकारको सहयोग उनीहरूलाई छोएन तर महेन्द्रको मनले दुईजना बाँच्न सकेका छन् | नाम र ठाउँ बाहेक सबै वास्तविक घटनामा आधारित रचना हो |