झूठको खेती नगर्न प्रधानमन्त्रीका प्रेस सल्लाहकारको चेतावनी



काेराेना भाइरसकाे संक्रमणसँग जुझ्नका लागि गठित राष्ट्रिय काेषमा नेपाल सरकारले ५० कराेड छुट्याउने निर्णय शुरूमै मन्त्रिपरिषद बैठकबाट गरेकाे थियाे । उक्त काेषमा सम्माननीय राष्ट्रपतिज्यूबाट दुई महिनाकाे पारिश्रमिक जम्मा भएकाे जानकारी राष्ट्रपति कार्यालयले नै सार्वजनिक गरेकाे विदितै छ । सम्माननीय प्रधानमन्त्रीज्यू र मन्त्रिपरिषदका सदस्यहरूले एक महिनाकाे पारिश्रमिक शुरूमै जम्मा गर्ने निर्णय भएर हाल जम्मा पनि भइसकेकाे छ ।

प्रधानमन्त्रीकाे सचिवालयबाट समेत सल्लाहकार र प्रमुख स्वकीय र स्वकीय सचिवहरूले एक महिना बराबर र विज्ञहरू तथा अन्यले आधा महिनाकाे पारिश्रमिक जम्मा गर्ने सार्वजनिक घाेषणा गरी हाल जम्मा भइसकेकाे छ । संघीय संसदका सांसदहरूले आधा महिनाकाे पारिश्रमिक जम्मा गर्ने घाेषणा भएअनुरूप काेषमा जम्मा पनि भएकाे छ।

सबै जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, राष्ट्रिय जीवनका हरेक क्षेत्रका व्यक्तिहरू र संघसंस्थाहरूबाट पनि काेषमा गच्छेअनुसार रकम जम्मा भइरहेकाे स्पष्ट छ ।

यस काेषमा शून्य रकम पनि याेगदान नगर्ने स्वनामधन्य अभियन्ता वा अरूकाे नक्कल गर्न बानी परेका व्यक्तिहरूले यस सनर्वजनिक तथ्यमा पर्दा हालेर झूठकाे खेती नगरेकै राम्राे हाेला !

राेकथाम र उपचार तथा लकडाउन व्यवस्थित गर्ने काममा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र श्रमिकहरूलाई कामकाे जाेखिम र घेरा हेरी विशेष भत्ता र बीमाकाे समेत व्यवस्था गरिएकाे जानकारी सम्माननीय प्रधानमन्त्रीज्यूले चैत २५ गते राष्ट्रकाे नाममा गर्नुभएकाे संबाेधनमा प्रष्ट गरिसक्नुभएकाे स्मरण गराइन्छ ।

सूर्य थापा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली

गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था हुँदैनः मन्त्री खड्का

संखुवासभा ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्घीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै

हिमवत्खण्ड सम्मिलन किन ?

काठमाडौं । हिमवत्खण्ड क्षेत्रका भाषाभाषीका विभिन्न संस्कृति, सभ्यता, ज्ञान र परम्परालाई आत्मसात् गर्दै

रवि लामिछाने राजतन्त्रको लाइनमा थिए त ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली चाहेको बताएको