एकजनाको पनि असुरक्षित व्यवहारले हाम्रो सन्तुलन बिग्रिने छ



अहिलेसम्म हामी सुरक्षित छौं, चिन्ता लिनु पर्दैन

कोरोना भाइरस संक्रमण रोकथामको लागि सबैभन्दा प्रभावकारी उपाय भनेको शंकास्पद समुहमा परिक्षण नै हो | परिक्षणको दायरा जति धेरै भयो, संक्रमितको पहिचान संख्या त्यहि अनुसार थाहा हुन्छ | चीन, कोरिया लगायत देशले संक्रमण स्थिर राख्नुको मुख्य कारण ब्यापक परिक्षण, क्वारेन्टाइन र आइसोलेसन नै हो | अहिलेसम्मको तथ्यांक हेर्दा कोरोना संक्रमणको मृत्युदर युरोपमा धेरै देखिएको छ | इटाली १३२५४७ लाई संक्रमण भएकोमा १६५२३ को मृत्यु भएको छ भने स्पेनमा १३६६७५ मध्ये १३३४१ मृत्यु भएको छ |

यसरी हेर्दा इटालीको मृत्युदर १२.४ % देखिएको छ भने स्पेनको मृत्युदर ९.७ % छ | ब्यापक परीक्षण, अनुशाशन, क्वारेन्टाइन र गुणस्तरीय उपचारको कारण जर्मनीमा जर्मनीमा १ लाख ३ हजार ३ सय ७५ जनामा संक्रमण पोजिटिभ देखिएको तथा १८१० जनाको मृत्यु भएको छ अर्थात १.७ % मृत्युदर देखिएको छ | अमेरिकाको अहिलेको मृत्युदर २.९ % छ |

एसियामा सबैभन्दा धेरै संक्रमित भएको इरानमा हो | त्यहाँ ६ % मृत्युदर छ भने भारतमा २.८४ मृत्य्दर छ | एसियाका अन्य देशमध्ये चीनमा ४ % मृत्युदर भएकोमा अहिले घटेर १.४ % मा झरेको छ | दक्षिण एसियाका अन्य देशमा मृत्युदर निकै कम छ | पाकिस्तान मा ३७६६ संक्रमित छन् भने ५३ जनाको मृत्य भएको छ | युएई, कतार, सिंगापुर, अफगानिस्तान, श्रीलंका लगायतका देशमा मृत्युदर एकदम कम छ |
नेपालमा ९ जना संक्रमित देखिएकोमा कसैको पनि निधन भएको छैन |

विश्वकै तथ्यांक तथा फैलाबट अध्ययन गर्ने हो भने नेपाल एकदम सुरक्षित छ | यदि हामीले लक डाउन प्रभावकारी तरिकाले कार्यन्वयन गर्यौं भने तथा सरकारले सुदूरपश्चिम तथा सिमाना क्षेत्रमा ब्यापक परिक्षण गर्दै आइसोलेसन / क्वारेन्टाइनमा राख्दै गर्यो भने हामी थप सुरक्षित हुनेछौं | यसको लागि प्रत्येक नागरिक, स्थानीय निकाय, प्रदेश तथा केन्द्र सरकार, सबै अस्पताल, स्वास्थ्यकर्मी, संचारकर्मी, सुरक्षाकर्मी तथा सेवाप्रदायक संस्था अत्यन्तै जिम्मेवार बन्नुपर्दछ | हाम्रो सामुहिक प्रयासले हामी सुरक्षित हुने हो | एकजनाको पनि असुरक्षित व्यवहारले हाम्रो सन्तुलन बिग्रिने छ |

डा.रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एचपिभी खोपस्थलमा सावधानी अपनाउन प्रशासनको निर्देशन

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन

बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्न नयाँ ढाँचाः बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै

काठमाडौं । परिवार व्यवस्थापन सेवा सञ्चालनका लागि सरकारले साझेदारी ढाँचामा सेवा प्रदान गर्न

वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायको पुस्तक ‘मान्छेको मुटु’

  काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायको पुस्तक ‘मान्छेको मुटु’ सार्वजनिक

आवासीय चिकित्सकलाई सरकारी सरह भत्ता दिने सरकारको निर्णयप्रति निजी मेडिकल कलेजको असहमति

काठमाडौँ । निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को