कोरोना संक्रमणको मानसिक समस्या र समाधान



विश्वब्यापी महामारी बनेको कोरोना संक्रमणले गर्दा १२ लाख व्यक्ति प्रतक्ष्य प्रभावित भएका छन् भने करोडौं व्यक्तिहरु डर र त्रासमा आफुलाई कमजोर बनाइरहेका छन् | प्रतक्ष्य प्रभावित, उनीहरुको परिवार, आफन्त, नजिकका साथी प्रभावित हुनुलाई स्वाभाविक मान्न सकिन्छ |

त्यस्तै फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी, खाध्य वितरक एबम उनीहरुका परिवार चिन्तित हुनु पनि स्वाभाविक हो | तर विश्वको एउटा कुनामा फैलिएको रोगबारे अर्को कुनामा चिन्ता /तनाब हुनु भनेको यसको विश्वव्यापी मानसिक असर हो | दैनिक बढ्दो गतिमा उकालो लागिरहेको संक्रमित तथा मृतकको संख्याको कारण यस्ता समस्या देखिएका छन् |

– शरीर तातो हुनु, ज्वरो आएजस्तो लाग्नु तर तापक्रम नाप्दा नर्मल देखिनु |
– घाँटीमा खसखस हुनु, केहि अड्किएको अनुभव हुनु |
– शरीर झम्झनाउनु, केहि हिंडेजस्तो लाग्नु |
– कोरोना संक्रमणमा लक्षण मिलेजस्तो लाग्नु |
– रिंगटा लाग्नु, थकाइ लाग्नु तथा कमजोर महशुष हुनु |

यी लक्षणबाट सुरु भएको समस्या आफै नियन्त्रण गर्न सकिन्छ | यो सामान्य अवस्था हो | यो समस्या ब्यबस्थापन गर्न नसके तलका समस्याहरु देखिन्छन् |
• आफु र आफन्तको स्वास्थ्य बारे चिन्ता लाग्नु |
• निद्रा धेरै लाग्नु वा लाग्दै नलाग्नु |
• निदाउन वा एकाग्रता हुन गाह्रो हुनु |
• आफ्नो स्वास्थ्य खराब भएको महशुष गर्नु |
• रक्सी, चुरोट, सुर्ती लगायतको प्रयोग अधिक हुनु |
• शारीरिक लक्षण ( थाकेको, बिरामी भएको जस्तो ) र मानसिक लक्षण ( डर, परिवार र समाजबाट अलग हुने, गिल्टी अनुभव हुने ) |

तनाब ब्यबस्थापन गर्ने तरिका :
• लगातार पढ्ने, हेर्ने, सुन्ने, सामाजिक संजाल चलाउने लगायतका काममा ब्रेक लिने |
• आफ्नो शरीरको ख्याल गर्ने | गहिरो सास लिने, शरीर तन्काउने, स्वस्थ्य खाना खाने, नियमित व्यायाम गर्ने, पर्याप्त सुत्ने, रक्सी तथा ड्रग नखाने |
• थुनिएर नबस्ने | सक्रिय हुने, मनोरंजन गर्ने |
• अरु व्यक्तिसंग सम्पर्कमा रहिरहने | आफुले विश्वास गर्ने व्यक्तिसंग आफ्नो अनुभव सेयर गर्ने |
आफ्नो परिवारलाई समय दिने |
• . आफ्नो दैनिक गतिविधिको तालिका बनाउने जस्तै ; ब्यायाम गर्ने, पढ्ने, खाने, सुत्ने, उठ्ने लगायतका क्रियाकलाप सधै निश्चित समयमा गर्ने |
• युट्युब लगाएर योग, ध्यान तथा रिल्याक्स टेक्निक अपनाउने |
• ओशो, रविशंकर, सद्गुरु लगायतका स्पिच सुन्ने |
• थोरै र आधिकारिक समाचारमात्र सुन्ने / हेर्ने |
• हल्ला र भ्रमको पछि नलाग्ने | विज्ञको कुरा सुन्ने |
• समस्यासंग सामना गर्ने आँट र उत्साहको बिकास गर्ने |
• आकास, जुन, तारा, घाम, सुर्योदय, सुर्यास्त, रुख, चरा आदि प्रकृतिको समीप रहने |
• यो समस्या र क्षतिलाई क्षणिक ठान्ने |
• धेरै गाह्रो भएमा मनोविज्ञसंग परामर्श लिने |
• आबश्यक परे मनोरोग बिशेषज्ञसंग परामर्श गरेर केहि समयको लागि औषधि सेवन गर्ने |
• जन्म, वृद्धि, क्षय र मृत्युको चक्रलाई आत्मसात गर्ने |

 डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार

महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

    दोधारा चाँदनी (कञ्चनपुर)  । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

९ महिनामा गेटा आँखा अस्पतालमा १७ हजारको आँखाको शल्यक्रिया

अत्तरिया । कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले नौ महिनामा १७ हजारभन्दा

कैलालीको भजनी र कञ्चनपुरको लालझाडीमा नसर्ने रोगसम्बन्धी परियोजना सुरु

  काठमाडौँ  ।  कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा नसर्ने रोगसम्बन्धी परियोजना