विवाह संस्थाको इतिहास पढेपछि….



डा. गोविन्दशरण उपाध्याय ।

“विवाह संस्थाको इतिहास” नामक किताव विश्वनाथ काशीनाथ राजावाड़े (१८६३-१९२६, महाराष्ट्र, भारत) ले लेखेको निकै क्रान्तिकारी रचना हो | तेसवेलाको भारतीय समाजको सांस्कृतिक तथा धार्मिक परिवेशमा विकासवादी दृष्टिकोणबाट अभिप्रेरित भएर हिन्दू विवाह संस्थाका सम्वन्धमा एसरी लेख्नु एउटा ठूलो क्रान्तिकारी कदम थियो |

यो कितावको नेपाली अनुवाद गर्ने गोपीरमण उपाध्याय पुराना र स्थापित कम्युनिस्ट हुन् भने यो पुस्तकको विषयवस्तुमा आफ्ना समालोचनात्मक विचारहरू लेख्ने कम्म्युनिस्ट नेता मोहन विक्रम सिंह र विद्वान स्व. मदनमणि दीक्षितहरूका विचार पनि माननीय नै छन् |

यो पुस्तकको पहिलो प्रकाशन महाराष्ट्रको कम्युनिस्ट पार्टीले गरेको थियो भने नेपालमा पनि एस पुस्तकको अनुवाद पुराना कम्युनिस्ट लेखकले गरेर प्रकाशन गराएका छन् | अचम्मको कुरा के हो भने पुस्तकका लेखक राजवाड़ेको साम्यवादी आन्दोलन वा विचारसंग कुनै प्रकारको वास्ता थिएन | यो तत्थ्य महाराष्ट्रका साम्यवादी विद्वान श्रीपाद अमृत डांगेले आफ्नो प्रकाशकीय भनाइमा प्रष्टसंग लेखेका छन् | तर यो किताव प्रकाशन गर्न र प्रचारप्रसार गर्न कम्युनिस्टहरूले विशेष पहल गरेको देखिन्छ किनभने उनका विचारमा यो पुस्तक झन्डै साम्यवादी विद्वान एंगेल्स को “परिवार, व्यक्तिगत सम्पत्ति र राज्यको उत्पत्ति” सरह बैज्ञानिक छ |

प्राचीनकालमा महिला र पुरुषहरूको यौनजन्य क्रियाकलाप पशुसरह नै थियो. तेसपछि मातृसत्तात्मक समाजको विकास भयो र तेसपछि सामन्त समाजको विकास र प्रभावसंगै विवाह संस्था र विवाहसंस्थाका साथै महिलाहरूको नेतृत्व समाप्त भई उनी दासीहरूमा परिणित भए |

प्राचीनकालमा महिला र पुरुषहरूको यौनजन्य क्रियाकलाप पशुसरह नै थियो. तेसपछि मातृसत्तात्मक समाजको विकास भयो र तेसपछि सामन्त समाजको विकास र प्रभावसंगै विवाह संस्था र विवाहसंस्थाका साथै महिलाहरूको नेतृत्व समाप्त भई उनी दासीहरूमा परिणित भए | पूँजीवादी युगले महिलाहरूलाई झन् दासत्वको भुमरीमा पार्यो | धर्म, सामन्तवाद र पूँजीवाद मिलेर विवाहसंस्थालाई बलियो बनाए | साम्यवादी राज्यसत्ता स्थापित भएपछि महिलाले आफ्नो गौरव पुन: प्राप्त गर्ने छन् – “परिवार, व्यक्तिगत सम्पत्ति र राज्यको उत्पत्ति” (१८९१) नामक एंगेल्सले लेखेको कितावको एकप्रकारको सार हुन्छ | विश्वभरिका साम्यवादीहरूका लागि यो किताव आज पनि “बाइबल” सरह सर्वमान्य छ |

मार्क्स, एंगेल्स, माओ, स्टालिनजस्ता कुनै पनि साम्यवादी नेताहरू विशुद्ध विज्ञानका विद्यार्थी थिएनन् तर विश्वका सबै साम्यवादीहरू आफ्नो सिद्धान्त “मार्क्सवाद”लाई विश्वको सबैभन्दा बैज्ञानिक सिद्धान्त मान्छन् | एसको अर्थ, महापण्डित मार्क्स, एंगेल्स, स्टालिन तथा माओजस्ता विद्वान राजनीतिज्ञहरूले प्रतिपादन गरेका सिद्धान्त वा चिन्तनहरू निस्प्रभ छन् भन्ने कत्ति पनि होइन | मार्क्सवादी चिन्तनले विश्व चिन्तन जगतमा अभूतपूर्व प्रभाव र प्रभुत्व प्राप्त गरेको छ तर यो निर्विकल्प तथा अन्तिम सिद्धान्त हो भनेर ठान्नेहरू जडबुद्धि हुन् |

विद्वान स्व. मदनमणि दीक्षित वाहेकका भूमिका लेखकहरूले यो पुस्तकलाई मतव ठान्नुका केही कारण हुन सक्छन् (१) यो पुस्तकले विवाह संस्थाको विकास हुनुभन्दा पहिला मान्छेहरू पशुसरह यौनाचार गर्थे (२) यज्ञको विकास यौनक्रियाको सहजताका क्रममा भएको हुनुपर्छ र प्राचीन समाजमा यौन “सबैले सबैसंग” थियो | (३) बालबालिकाको बाबुका विषयमा केवल आमालाई थाहा हुन्थ्यो (४) प्राचीन समाज मातृसत्तात्मक थियो र (५) र परिवारको विकास भएपछि विवाह संस्थाको विकास भएको हो भन्नेसंग रहेको देखिन्छ |

साम्यवादीहरू मूलतः विवाह संस्थामा विश्वास गर्दैनन् | साम्यवादीका लागि विद्यमान विवाह संस्था दास युग, सामन्तवाद र पूँजीवादको अवशेष हो | विवाहले महिलालाई दासी तुल्याउँछ र पुरुषलाई शक्तिशाली बनाउँछ | तर साम्यवादीहरूले नारीहरूको लागि कस्तो सामाजिक परिवेशको कल्पना गरेको छ ? यो पुस्तकका अनुवादक र भूमिकाकारहरूले उत्तर लेखिदिएको हुन्थ्यो तर उत्तर भेटिन्न |

साम्यवादीहरूले नारीहरूको लागि कस्तो सामाजिक परिवेशको कल्पना गरेको छ ? यो पुस्तकका अनुवादक र भूमिकाकारहरूले उत्तर लेखिदिएको हुन्थ्यो तर उत्तर भेटिन्न |

आदिम साम्यवादी समाज, युथ विवाह, सामन्त र पूंजीवादी वर्चस्वले महिलाहरूप्रति धेरै अन्याय मूलक प्रतिमाहरू जन्मायो होला तर नारीहरूका लागि “तत्कालीन मातृसत्तामूलक प्रथा” राम्रो थियो भन्दै तेसैलाई आदर्श बनाउँन मिल्दैन | तत्कालीन समाजको यौनव्यबहार कस्तो थियो ? भन्न सकिन्न तर यदि लेखक र भूमिकाकारहरूले भनेझैं तेस वेलाको पशुजस्तोजस्तो यौनब्यबहार कथंचित पूर्णसाम्यवादी समाजका लागि पनि स्वीकार्य हुने छैन |

विवाहसंस्थाले वर्तमान विश्वका मान्छेहरूको यौन जीवन, पारिवारिक जीवन, सामाजिक जीवन, संस्कृतिक जीवन तथा आध्यात्मिक जीवनलाई धेरै सजिलो र न्यायमूलक बनाएको छ | एउटी स्त्रीले अनेकौं पुरुषहरूबाट बलात्कृत हुनु पर्दैन भने पुरुषहहरूले पनि यौनाचारका लागि स्त्री ताक्दै हिड्नु परेको छैन | पुरुष वा महिलाले यौनका लागि प्रतिष्पर्धा गर्नु परेको छैन |

ऋग्वेदमा विवाहसंस्थाको प्रष्टसंग उल्लेख छ | दशौँ मण्डलमा विवाह गर्दा पतिपत्नीले पालन गर्नु पर्ने कर्तव्य वा वचनहरू अग्नी साक्षिराखेर प्रतिज्ञा गर्ने व्यबस्था छ | विश्वका हरेक संस्थाहरूले फरकफरक तवरले विवाहसंस्थालाई स्वीकार गरेका छन् | यदि विवाहसंस्था एतिविध्न पाशविकता पूर्ण थियो भने एसको धेरै पहिले अन्त्य हुने थियो |

राजवाड़ेले विवाह संस्थाको विकासको परिचर्चा गर्दै प्राचीनकालमा यौनाचार सहज थियो र तेसैलाई ब्यबस्थित गर्न वर्तमान विवाहसंस्थाको विकास भएको भन्ने धारणा राखेका छन् तर उनले कहीं पनि वर्तमान विवाहसंस्थालाई अस्वीकार गरेका छैनन् | नारीहरूको पक्षमा लेखेका छन् तर यौन स्वच्छन्दवादी साम्यवादको कल्पना गरेका छैनन् |

आजको विवाह संस्थाले समाजलाई सुसभ्य तथा विश्वसनीय बनाएको छ | विवाह संस्था नारी तथा पुरुष दुबैका लागि समान रूपमा स्वीकार्य छ | विवाह पुरुषको मात्रै होइन महिलाको पनि हुन्छ | पुरुष र महिलालाई एकठाउँमा उभ्याएर मान्छे मानवीय जीवन जीउने कला विवाह संस्थाकै कारण विकसित भएको हो |

विवाहले विवाहित दम्पत्ति यौन जीवनको आनन्द लिने स्वतन्त्रता प्रदान गर्छ भने एकअर्काप्रति समर्पित हुन, मानसिक, आध्यात्मिक र भौतिक सहयोग गर्न र मिलेर सन्तान हुर्केएर पुस्तान्तरण गर्न पनि सिकाउँछ | पुरुष र महिला दूवै विवाहसंस्थाप्रति उत्तरदायी हुने हुँदा विवाहलाई पुरुषले विकास गरेको भन्ने एंगेल्सका विचारहरू स्वीकार्य छैनन् |

एसले नारीहरूको चरम अपमान मात्र हुँदैन अपितु मानवसमाजकै अपमान हुन्छ | आजको समाज “परिवार, व्यक्तिगत सम्पत्ति र राज्यको उत्पत्ति”को आदर्शमा हिड्न सक्दैन न भविष्यको समाजले एसलाई स्वीकार नै गर्छ

विवाहसंस्थाप्रति अविश्वास जन्माउने प्रयत्न गर्नु भनेको पुनश्च आदिम साम्यवादी असभ्य समाज र युथ समाजको स्वेच्छाचारी यौन जीवनलाई आदर्श ठान्ने प्रबृत्तिलाई पुरोत्साहित गर्नु हो | एसले नारीहरूको चरम अपमान मात्र हुँदैन अपितु मानवसमाजकै अपमान हुन्छ | आजको समाज “परिवार, व्यक्तिगत सम्पत्ति र राज्यको उत्पत्ति”को आदर्शमा हिड्न सक्दैन न भविष्यको समाजले एसलाई स्वीकार नै गर्छ |

नेपाली कम्म्युनिस्टहरू एउटा अचम्मको विचारले मानसिकतहमा राज गरेको छ – आफ्ना मौलिक प्रतिमान, चालचलन, संस्कृति तथा शास्त्रहरू सबैको “द्वन्दात्मक भौतिकवाद”को सेनेटाइजर”मा चोवलेमात्र चोखिन्छन् अन्यथा यी सबै खराव हुन् | विवाहसंस्था र धर्मप्रति उनको चिन्तनले अन्तत: मार्क्सवादलाई नै संसारबाट पलायनतिर उभ्याएको छ | मार्क्सवादीहरूको एउटा विश्वव्यापी प्रवृति देखिन्छ – यदि कुनै व्यक्ति वा समाजले परम्पराको (असल नै भए पनि)आलोचना गर्छ (मुस्लिम, इसाईको वाहेक) तेसको तुरुन्त स्वामित्व लिन्छ | विवाह संस्थाको इतिहासको सन्दर्भमा पनि यही भएको हो भन्न सक्छु |

हामी नेपालीहरूको आदर्श वेद, उपनिषदहरू हुन् | वेद तथा उपनिषद् कुनैले पनि स्वेच्छाचारी यौनजीवनको लागि स्वीकृति दिदैनन् | यदि राजवाड़ेले भनेझैं वैदिक समाज स्वेच्छाचारी थियो भने वेदमा विवाह सूक्त हुनेनै थिएन | राजवाडे र एंगेल्स दूवैले फ्राईडको चस्मा लगाएर महिलालाई बुझ्ने प्रयत्न गरेको हुँदा नकारात्मक छन् |

वेद, स्मृति तथा महाभारतबाट उदाहरण र घटनाहरू झिकेर, ती घटना र कथाहरूका आधारमा वैदिक विवाहको व्याख्या गर्नु र अहिलेको वैवाहिक संस्कारहरूलाई नितान्त मानवीय भौतिक विकाससंग जोड्ने राजवाड़ेको कलम अत्यन्त साहसिक छ | वैदिक संस्कृतिले आफ्नो बौद्धिक समालोचना गर्ने स्वतन्त्रताको प्रयोग गर्ने उनको दृष्टिकोणप्रति मेरो उच्चसम्मान छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विवाद पर्दा धर्म सम्झौं

डा. गोविन्दशरण उपाध्याय । विवादे धर्ममनुस्मरेत् (चासू–४७०) वादविवाद वा झगडाका वखतमा धर्म सम्झनु

धर्म आगो हो, यससँग नजिस्किउँ

भीम उपाध्याय । सिंगापुर बहुजातीय बहुभाषीय मुलुक हो। त्यहॉको सरकारले आवासको नियोजन गर्दा

यूके भेरियेन्ट समुदायमा फैलिरहेको छ भन्ने प्रसस्त आधार छन्

डा. अनुप बास्तोला । नेपालमा पनि कोरोनाको दोश्रो अध्याय शुरु भइसकेको छ ।

त्यो संविधान र यो संविधान !

केशवप्रसाद भट्टराई । १. सारमा ४७ सालको संविधान बढी प्रजातान्त्रिक र प्रजातान्त्रिक विधि