‘इशनिन्दा’
डा. गोविन्दशरण उपाध्याय ।
एउटा मुस्लिम महिलाका लागि वुर्काबाट वाहिर निस्केर, आफ्नै समाजका विरोधाभासहरूको विरुद्ध लेख्नु सजिलो कुरा होइन | वंगलादेशी लेखिका तसलिमा नसरिनले “लज्जा” लेखे पनि उनको आफ्नै देश शत्रु बन्न पुग्यो | पाकिस्तानमा पनि दुर्रानीको “इशनिन्दा” विरुद्ध निकै ठूलो भुइचालो आएको थियो तर पनि उनी पाकिस्तान मै छन् |
पाकिस्तानी मुस्लिम समाज निश्चित नै बडो विचित्रको छ किनभने त्यो तेही समाज हो जसले मुस्लिम राष्ट्र भएर पनि बेनजिर भुट्टोलाई विश्वको पहिलो मुस्लिम महिला प्रधानमन्त्री बनायो त्यो भनि चुनावमा जिताएर | तेस्तो समाजलाई कट्टरपन्थी भन्न मिल्छ कि मिल्दैन किनभने सबैभन्दा पुरानो र विश्वको लागि प्रजातान्त्रिक राजनैतिक प्रणालीको अगुवा मानिएको अमेरिकाले समेत तेस्तो आँट गरेको छैन आजसम्म |
दुर्रानीको कितावले यदि पाकिस्तानी मुस्लिम पुरुषहरूको आलोचना त गरेको छ तर उनको आलोचनामा केवल शिया मुस्लिम समुदाय तारो बनेको छ जवको कट्टरताको दृष्टिकोणले सुन्नी समाज बढी रूढ़ी छ, महिलाहरूलाई बूर्का लगाउन बाध्य पार्ने सुन्नी हुन्, शिया होइन |
निश्चय नै विश्वमा पुरुषहरूको हैकम्प छ तर आज पनि मुस्लिम महिलाहरूबाट दुर्रानीझैं आफ्नै समाजसंग विद्रोह गर्ने आँट केहीले मात्र गरेका छन् | समस्या बूर्काको होइन, समस्या त्यो सोच हो जसले महिलालाई “जोत्ने खेत” भनेर प्रयोगको वस्तुमात्र बनाउँछ |
मेरी पत्नी भन्दैछन् “ओहो ! संसारमा एस्तो समाज पनि हुँदोरहेछ |”