राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म १२ सय ७७ जनाको कोरोना परीक्षण



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको स्पष्ट पारेको छ । शुक्रबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पोखराबाट कोरोनाको पोजेटिभ रिपोर्ट नआएको प्रष्ट पारेका हुन् ।  विभिन्न मिडियामा पोखरामा कोरोना पोजेटिभ रिपोर्ट आएको भन्ने खबर आएको भएपनि कुनै पनि केस पुष्टि नभएको उनको भनाई छ ।

प्रवक्ता देवकोटाले सबै प्रदेशमा मेसिन गएको र त्यहाँ परीक्षणको काम सुरु भएको भए पनि ‘भ्यालिडेसन’ आवश्यक पर्ने हुँदा नमुना पुनः परीक्षण गर्नुपर्ने अवस्था आएको बताए ।  देवकोटाले केही शंकास्पद केसको परीक्षण केन्द्रीय प्रयोगशालामा भएपछि मात्र यकिन हुने प्रष्ट पारे ।

उनले अहिलेको अवस्थामा स्वास्थ्यकर्मीको मनोवल गिर्ने कुनैपनि काम नगर्न पनि आग्रह गरे । उनका अनुसार काठमाडौंको टेकु अस्पतालमा १२ सय ७७ जनाको कोरोना परीक्षण भइसकेको छ भने धरान, जनकपुर, हेटौडा लगायतका स्थानमा पनि कोरोना परीक्षण सुरु गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए । मन्त्रालयका अनुसार नेपालभर १२० जना आइसोलेसनमा रहेका छन् । त्यस्तै भक्तपुरको क्वारेन्टाइनमा रहेका सवैको दोश्रो नमूना परीक्षणका लागि पठाइएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुख्यमन्त्री आचार्यद्वारा प्रादेशिक अस्पतालको भवन अनुगमन

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको अनुगमन

एचपिभी खोपस्थलमा सावधानी अपनाउन प्रशासनको निर्देशन

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन

बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्न नयाँ ढाँचाः बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै

काठमाडौं । परिवार व्यवस्थापन सेवा सञ्चालनका लागि सरकारले साझेदारी ढाँचामा सेवा प्रदान गर्न

वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायको पुस्तक ‘मान्छेको मुटु’

  काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायको पुस्तक ‘मान्छेको मुटु’ सार्वजनिक