ज्वरोका बिरामीलाई पनि कोरोनाकै आशंकामा उपचार नगरे अस्पताललाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्वरो आएका बिरामीलाई कोरोना भाइरसकै आशंकामा राखेर थप उपचार नगर्ने प्रवृति देखिएको भन्दै यस्तो लापरवाही गर्ने अस्पतालाई कारबाही गर्ने चेतावनी दिएको छ । पाटन अस्पताल र वीर अस्पतालमा ज्वरो आएर उपचारका लागि ल्याएका बिरामीको मृत्यु भएपछि मन्त्रालयले यो विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ती बिरामीको कोरोना भाइरस परीक्षण नेगेटिभ देखिएपछि मन्त्रालयले ज्वरो आएका बिरामीलाई कोरोना भाइरसकै आशंकामा अरु उपचार नगरेर राख्ने प्रवृति नदोर्होयाउन देशैभरका अस्पतालहरूलाई चेतावनीसमेत दिएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आकस्मिक रूपमा आउने बिरामीको उपचारमा लापरवाही नगर्न देशैभरका अस्पताललाई निर्देशन गरिएको बताए ।

हरेक अस्पतालमा ज्वरोका बिरामी आउनेबितिक्कै डराएर उपचार नगर्ने प्रवृति दोहोरिएको भन्दै यस्तो क्रियाकलाप नगर्न उनले ध्यानाकर्षण गराए । मन्त्रालयका अनुसार नेपालमा आजसम्म १०६० वटा परीक्षण गरिएको छ । आइसोलेसन बेडमा हाल टेकुमा १० जना र देशका विभिन्न प्रदेशमा ७७ जना रहेका छन् । चारजना आइसोलेसनमा रहेका बिरामीमध्ये दोस्रो र तेस्रो संक्रमितको कन्ट्याक्ट ट्रेस सकिएको तथा चौंथो र पाँचौको ८० प्रतिशत सकिएको मन्त्रालयले बताएको छ ।

मन्त्रालयले नेपाल ल्याइएका स्वास्थ्य उपकरण मुलुकका बिभिन्न स्थानमा पठाइसकिएको जानकारी दिएको छ । त्यसैगरी मन्त्रालयले ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरससम्बन्धी प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । प्रवक्ता देवकोटाले चीनसंँग आधुनिक सञ्चार प्रविधिको प्रयोग गरी कोभिड १९ का सम्बन्धमा आइपरेका समस्या समाधानार्थ प्राविधिक सल्लाह गर्न सहजताका लागि पाटन अस्पताललाई तोकिएको जानकारी दिए ।

मन्त्रालयको सचिवस्तरीय निर्णयबाट उक्त अस्पताललाई प्राविधिक सल्लाह गर्नका लागि तोकिएको हो । चीनले पनि नेपालसंँग कोरोना भाइरससंँग सम्बन्धित समस्या समाधान गर्नका लागि एक संस्थालाई पाटनजस्तै प्राविधिक सल्लाहका लागि तोक्ने छ ।

चीन सरकारसंँग विभिन्न सहयोग र सहकार्यका सन्दर्भमा चीन का राजदूत, सचिव, परराष्ट्र मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञसहितको उपस्थितिमा भएको छलफलमा पाटन अस्पताललाई स्वास्थ्य समस्या समाधान गर्न आधुनिक सञ्चार प्रविधिको प्रयोग गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । उहाँले पाटन अस्पतालले चीनसहित अन्य छिमेकी देशका स्वास्थ्य विज्ञसंँग कोभिड १९ का बारेमा आवश्यक परामर्श गर्न टेलिकन्फरेन्स गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार

महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

    दोधारा चाँदनी (कञ्चनपुर)  । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

९ महिनामा गेटा आँखा अस्पतालमा १७ हजारको आँखाको शल्यक्रिया

अत्तरिया । कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले नौ महिनामा १७ हजारभन्दा

कैलालीको भजनी र कञ्चनपुरको लालझाडीमा नसर्ने रोगसम्बन्धी परियोजना सुरु

  काठमाडौँ  ।  कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा नसर्ने रोगसम्बन्धी परियोजना