परीक्षणको दायरा बढ्यो, टेकुमा सोमबार  ७६ वटाको नमूना परीक्षण



काठमाडौं । सरकारले प्रत्येक प्रदेशमा एक हजारका दरले पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट(पिपिई) वितरण गरेको जनाएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् ।  चीनबाट आइतबारमात्रै स्वास्थ्य सामाग्री ल्याइएको थियो । ल्याइएका सामग्रीहरु सबै प्रदेशमा कम्तीमा हजार सेटको दरले पीपीई, दशहजार माक्स, २० हजार ग्लोभ्स बितरण गरिएको उनले बताए ।

धनगढी, सुर्खेत र विराटनगरमा प्लेनबाट पठाइसकेको र अन्य प्रदेशमा गाडीबाट पठाउने क्रम जारी रहेको समेत उनले जानकारी दिए । उनले चीनबाट आएका सवै मेशिनहरुको जाँच भईसकेको र काम गर्ने अवस्थामा रहेका बताए । त्यस्तै उनले विदेशबाट आएका  ४१ हजार भन्दा बढीको नामावली स्थानीय तहबाट तयार भएर विवरण आएको पनि जानकारी दिए ।  प्रवक्ता देवकोटाले बुटवलमा मृत्यु भएका युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको बताए ।

अहिलेसम्मको जाँचमा नयाँ कोरोना संक्रमित नदेखिएको उनले जानकारी दिए । त्यस्तै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एकै दिन ७६ वटा कोरोना संक्रमणको नमुना परीक्षण गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमूना परीक्षणको दायरा बढाउँदै सोमबार एकै दिन मात्रै ७६ वटा कोरोना संक्रमणको नमूना परीक्षण गरेको हो । प्रवक्ता देवकोटाले अहिलेसम्म ९ सय ९३ वटा नमूना परीक्षण गरिएको र सोमबार मात्रै  ७६ वटाको नमूना परीक्षण भएको जानकारी दिए ।

सरकारले प्रयोगशालाको दायरा फराकिलो बनाउँदै लगेको र  धरानमा नमुना परीक्षण सुरु भईसकेको र सोमबार सम्म १९ वटा नमुना परीक्षण भईसकेको पनि उनले जानकारी दिए । पाटन अस्पतालमा मृत्यु भएका पुरुष र वीर अस्पतालमा मृत्यु भएका एक महिला र एक पुरुषको कोरोना संक्रमणको नमूना परीक्षणको क्रममा रहेको उनले बताए । अहिले सम्म कोरोना संक्रमण देखिएका ४ वटै पोजेटिभ केसको कन्ट्रयाक्ट ट्रेसिङ  गरिएको र उनीहरुका नजिकका परिवारका सदस्य र आफन्तहरुको  हालसम्म गरिएको परीक्षण नेगोटिभ आएको पनि मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

सरकारीमा कार्यरत चिकित्सकले निजी स्वास्थ्य संस्थामा पूर्णकालीनरुपमा कार्य गर्नु कानुनविपरीतः स्वास्थ्य मन्त्रालय

  काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा

डा भगवान कोइरालाको अगुवाइमा बन्न लागेको बाल अस्पताललाई शर्माले गरे २० लाख सहयोग

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले वरिष्ठ मुटुरोग

अब दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन