कोरोना सामग्रीको गुणस्तर परीक्षण गरेर मात्र वितरण गरौँ



डा. रवीन्द्र पाण्डे ।

सरकारले महँगो दरमा चीनका व्पापारीबाट किनेका कोरोना परीक्षण किट तथा अन्य सामानको गुणस्तर चेक गर्नु जरुरी छ | चीनका ब्यापारीबाट किनेका सामग्री २० – ३० % मात्र काम लाग्ने तथा अरु नक्कली भएपछि स्पेन, चेक, फ्रान्स, नेदरल्याण्ड लगायतका देशहरुले सम्पूर्ण सामग्री फिर्ता गरे |

उनीहरु जनताप्रति जवाफदेही र देशको बजेट खानपिन नगर्ने टाइपका भएकोले नक्कली सामग्री फिर्ता गरे | हाम्रा खातापिताहरुले जनस्वास्थ्यमाथि खेलवाड नगरुन | औषधि ब्यबस्था बिभाग, गुणस्तर तथा नापतौल बिभाग, मेडिकल तथा सर्जिकल सप्लायर्स, बिज्ञ आदिको टिम बनाएर ती सामग्रीको परिक्षण होस् | प्रमाणित सामग्रीमात्र वितरण गरियोस् |

यो लटमा आज चिनिया राजदुतले आज स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेका सिचुवान प्रान्तले पठाएका सामानमा दुई हजार थान एन ९५ मास्क, २४ हजार थान सर्जिकल मास्क, ५०० थाम प्रोटेक्टिभ गगल्स, ५३० थान प्रोटेक्टिभ कपडा र ज्याक माको अलिबाब र ज्याम मा फाउण्डेसनले १ लाख २०० थान एन ९५ मास्क पठाएका सामग्री मिसाउने काम नगरियोस् |

सरकारले चिनिया दुतावाससंग समन्वय गरेर चीन सरकारले सिफारिस गरेका कम्पनिबाट किनेको भए एकदम सस्तो रेटमा गुणस्तरीय सामग्री आउने थिए | देशलाई गद्दारी गर्ने दुवै तर्फका एजेन्टबाट सरकार, सल्लाहाकार तथा कर्मचारीतन्त्र बच्नु जरुरी छ | अख्तियार, सेना वा न्यायालय भविष्यमा कुन रुपमा प्रस्तुत हुन सक्छन् , सबैले आंकलन गरौँ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डा भगवान कोइरालाको अगुवाइमा बन्न लागेको बाल अस्पताललाई शर्माले गरे २० लाख सहयोग

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले वरिष्ठ मुटुरोग

अब दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन

सेवाग्राहीको विश्वास जित्दै जनस्वास्थ्य प्रयोगशाला

    काठमाडौँ । काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा रहेको राष्ट्रिय जनस्वास्थ्य

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  काठमाडौँ ।  सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन