निम्नवर्गीय जनताका लागि आर्थिक प्याकेज घोषणा गर्न सरकारलाई प्रचण्डको आग्रह



काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसको संक्रमणका बेला अग्रपंक्तिमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्थामा राज्यले थप जोड दिनुपर्ने बताएका छन् ।

शनिबार भिडियो सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको लडाईको अग्रमोर्चामा रहेर जोखिम उठाउने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल थप उच्च बनाउन सरकारलाई आग्रह गरेका हुन् ।

भिडियो सन्देशमा प्रचण्डले दैनिक ज्याला गरेर जीविकोपार्जन गर्ने निम्न वर्गीय नागरिकका लागि आश्यक आर्थिक प्याकेज ल्याउन पनि सरकारसंग माग गरेका छन् । उनले यो संकटको अवस्थामा निम्नवर्गीय जनताको सहयोगका लागि निजी क्षेत्रलाई मुठी फुकाउनसमेत आग्रह गरे ।

उनले लकडाउन आफ्नै स्वास्थ्यका लागि भएको भन्दै आमनागरिकलाई घरमै बसेर सरकारको निर्देशन पालना गर्न आग्रह गरेका छन् । उनले पार्टीका कार्यकर्तालाई सुरक्षित तवरले कोरोनाविरुद्धको लडाईंमा अग्रपंक्तिमा रहेर काम गर्न निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ढुक्क हुनुस् वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैनः पूर्वप्रधानमन्त्री खनाल

मोरङ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान

एकीकृत समाजवादीले पार्टी सदस्यको सदस्यता परीक्षण गर्ने

  काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरुको

युवा पलायन रोक्न देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न जरुरी छ : सांसद यादव

काठमाडौँ । अहिले वैदेशिक रोजगारीमा जाने युवाको ताँती छ । युवा पलायन रोक्न

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा हुने

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक यही