इटलीमा कोरोनाभाइरसका कारण एकै दिन ९ सय भन्दा बढीको मृत्यु



कोरोनाभाइरस सङ्क्रमण सुरु भएयता इटलीमा एकदिनमा अहिलेसम्मकै सबभन्दा उच्च – ९१९ जनाको मृत्यु भएको छ। इटलीमा मात्रै ९ हजार भन्दा बढीको उक्त भाइरसका कारण अहिलेसम्ममा ज्यान गएको छ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सङक्रमितहरूको जीवन बचाउन आवश्यक पीपीइको विश्वव्यापी रूपमै अभाव रहेको बताएका थिए।

इटली युरोपमा सबभन्दा नराम्ररी प्रभावित मुलुक हो। त्यहाँ सबैजसो कुरा बन्द गरिएका छन् र मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ।

शुक्रवार सबेरै अधिकारीहरूले सबै कुरामा लगाइएको कडाइ ३ एप्रिल भन्दा अझ बढी समयका लागि बढाउन सकिने चेतावनी दिएका थिए।

सबभन्दा प्रभावित उत्तरी क्षेत्रमा कोभिड-१९ का कारण मृत्यु हुनेको सङ्ख्या अत्यधिक बढी थियो। नयाँ सङ्क्रमित हुनेको सङ्ख्या बिहीवार केही घटेकाले सङ्क्रमण उच्चतम बिन्दुमा पुगेको हुन सक्ने भन्दै केही आशा जगाएको थियो।

इटलीमा अहिलेसम्म ८६ हजार भन्दा बढीमा सङ्क्रमण पुष्टि भइसकेको छ। तुलनात्मक रूपमा गरिबी धेरै भएको दक्षिणी क्षेत्रमा सङ्क्रमण बढ्दै गएपछि त्रास पनि बढेको छ।

क्याम्पानिया क्षेत्रका अध्यक्ष भीन्सेन्टो डी लुसाले बिहीवार केन्द्र सरकारले जीवन बचाउनका लागि आवश्यक भेन्टिलेटर उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे पनि त्यो पूरा नगरको बताएका थिए।

उनले भने, “अहिलेसम्मको स्थिति हेर्दा दक्षिणले पनि लोम्बार्डीकै त्रासदी भोग्नुपर्ने जस्तो देखिएको छ।” त्यसैदिन प्रधानमन्त्री जुजुपे कोन्टेले अब युरोपमा गम्भीर आर्थिक मन्दी हुने बताएका थिए। उनले २७ अर्ब डलर बराबरको दोस्रो सहायता प्याकेज घोषणा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘स्मार्ट सञ्चार अनुसन्धान’ मा इजरायलको लगानी

जेरुसेलम । इजरायल इनोभेसन अथोरिटी (आइआइए) ले दिगो उड्डयन इन्धन (एसएएफ) र बौद्धिक

भारत र अमेरिकाको सहकार्यले विश्वलाई नयाँ दिशा दिनेछ : मोदी

वासिङटन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अमेरिकाले द्विपक्षीय व्यापारको लागि ५००

हात्तीको आक्रमणबाट भारतमा ३ जनाको मृत्यु, ३० घाइते

नयाँदिल्ली । दक्षिण भारतको राज्य केरलाको एउटा मन्दिरमा उत्सवको क्रममा भागदौड मच्चिँदा कम्तीमा

हमासले शनिबार रिहा गर्ने तीन जनाको नाम सार्वजनिक

जेरुसेलम । इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीपछि