कोरोनाको जोखिम न्यूनिकरणका लागि तयारीमा जुट्न पार्टी कार्यकर्तालाई ओली र प्रचण्डको निर्देशन



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले कोरोना भाइरसको जोखिमबाट बच्न र बचाउन उच्च सतर्कताका साथ तयारीमा जुट्न पार्टी कार्यकर्तालाई सर्कुलर गरेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार विशेष सर्कुलर जारी गरी सरकारले चालेका कदम महत्वपूर्ण भएकाले यसको स्वागत र समर्थन गरी सहयोगी हात फैलाउन आग्रह गरिएको छ । पार्टीले अर्को निर्देशन नआएसम्मका लागि पार्टी तथा पार्टी निकटका जनवर्गीय सङ्गठनका तर्फबाट बैठक, भेला, सदस्यता नवीकरणलगायत सबै प्रकारका कार्यक्रम स्थगित गर्ने र लकडाउनको पालना गरी स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थालगायत राज्यका आधिकारिक निकायहरुसँगको समन्वयमा सचेतना, पूर्वतयारी र सहयोगका लागि स्वयंसेवकको भूमिकामा परिचालित हुने भनी निर्देशन दिएको छ ।

सर्कुलरमा हवाई वा स्थलमार्गको प्रयोग गरी विदेशबाट आएका कुनै पनि व्यक्तिलाई १४ दिनसम्म सेल्फ आइशोलेसन वा क्वारेन्टाइनमा रहन प्रेरित गरी त्यस्ता व्यक्तिको लगत सङ्कलनमा सघाइ नजिको स्वास्थ्य चौकीलाई सूचीत र स्थानीय तहमा आवश्यक पूर्वाधार र स्वास्थ्य उपकरणमा सहयोग गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुलुकमा सुशासन कायम गर्नका लागि तपाईको सुझाव के छ ?

काठमाडौँ । नेकपा एमालेको पूर्वपोलिटब्युरो सदस्य विमला घिमिरे राष्ट्रियसभाको उपाध्यक्ष छिन् । उनी

चैत १५ को प्रदर्शनलाई ‘भव्य’ बनाउने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत जनसभा आयोजना गर्ने भएको

पूर्व विशिष्टलाई आजीवन सेवा सुविधा दिने कानुन नबनाउन र बरु दिइएको सुविधा घटाउन कोइरालाको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले पूर्व विशिष्टलाई आजीवना सेवा

परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली