राहतको आर्थिक प्याकेज तत्काल घोषणा र कार्यान्वयन गर्न सरकारसँग कांग्रेसको माग



विश्वभरी फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन र जुध्न सहज होस् भनेर नेपाल सरकारले लकडाउन घोषणा गर्नु स्वभाविक थियोे l छिटपुट घटना बाहेक यसलाई अधिकतम पालना गरेकोमा सबै दिदिबहिनी दाजुभाइलाई म हार्दिक धन्यवाद दिन चाहन्छु l ठुलो जोखिमबाट जोगिन आजको यो कष्ट उठाउनु हामी सबैको कर्तव्य हो ,अत घरहरूमै बसेर सुरक्षीत रहन र लकडाउनलाई इमानदारीसाथ पालना गर्न म सबैमा हार्दिक अनुरोध गर्दछु l
लकडाउनका कारण विभिन्न बर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई दृस्टिगत गरेर तत्काल आवश्यक निर्णय गर्नुपर्ने बिषयमा सरकार समक्ष कुरा गरिसकेको छु l तर सार्वजनिक अपिलसाथ माग राख्दै पुन सरकारको ध्यानाकर्षण गराउंदछु ।
१.  दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्याला दरमा कम नहुने गरि तत्काल बिशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु। दिनभर काम गरेर सांझ खाने बर्गलाई नै लक डाउनले सबैभन्दा बढी असर पुर्‍याएको छ ।
२.  न्यून आय भएका कर्मचारी ,अन्य श्रमिक ,बेरोजगार युवा तथा राजधानी लगायतका शहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई विविध ढंगले राहत पुग्ने गरि योजना र कार्यक्रम तत्काल निर्माण गर्न सरकार संग माग गर्दछु ।
३. लकडाउनका कारण प्राय सबै ब्यवसाय बन्द स्थितिमा छन् l यस्तो बेला खुद्रा ब्यापारी देखि ठुला ब्यवसायी सम्मलाई असर पुग्नु स्वभाविक छ l यसले रास्ट्रलाई दुरगामि असर पुर्‍याउन सक्दछ l अत –
क) २० लाख सम्मको ऋण लिएका साना ब्यवसायीलाई लकडाउनको असर र ब्यवसाय तंग्रीने अनुमानित अवधी समेत ख्याल गर्दै कम्तिमा ३ महीनाको ब्याज पुरै मिनाहा गर्न र त्यसपछिको निस्चित अवधिका लागि ब्याज दर घटाउन माग गर्दछु l
ख) ठुला ब्यवसायिका हकमा ऋणको ब्याजदर घटाउन र हालको किस्ता बुझाउने अवधी ३ महिनापछि सार्ने प्रबन्ध मिलाउन सरकार समक्ष अपिल गर्दछु l
४. साप्ताहिकपछि दैनिक पत्रपत्रिका बन्द हुने स्थितिमा पुगेका छन् l सबै खाले संचार माध्यम र त्यसमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई राहतको योजना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउंदछु l
अन्त्यमा
विश्व स्वास्थ संगठनले सचेत हौ भनेर अपिल गरेको महिना दिन पुगिसक्दापनी स्वास्थ्यकर्मिले अझै पर्याप्त पीपिइ नपाउनु लज्जास्पद कुरा हो l म सरकारलाई यथासिघ्र पीपिइ,परिक्षण कीट,आइसोलेसन वार्ड र भेण्टिलेटरको पर्याप्त प्रबन्ध गर्न अपिल गर्दछु l
जय नेपाल !
शेरबहादुर देउवा
सभापति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आतङ्कवादलगायतका बहुआयमिक चुनौती सामना गर्न इन्टरपोलको सहयोग आवश्यकः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध, आतङ्कवादलगायतका बहुआयमिक चुनौती

मन फराकिलो बनाएर संवाद गरे नेपाल–भारतबीचका समस्या समाधान गर्न सकिन्छः प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो मन र  सहनशील  भएर संवाद गरेमा

नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छः अध्यक्ष प्रचण्ड’

  काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारी सभ्यताभित्र रहेको

कर्मचारीले उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले