नयाँ शैक्षिक सत्रको भर्ना नलिन शिक्षा मन्त्रीको अपिल



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आसन्न माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा त्रसित नभई भाग लिन विद्यार्थीलाई आह्वान गर्दै सबै केन्द्रमा सहायता कक्ष ‘हेल्थ डेस्क’को प्रबन्ध गरिएको जनाएका छन्।

कोभिड–१९ को सङ्क्रमणको जोखिमप्रति सचेत हुन आग्रह गर्दै मन्त्री पोखरेलले मंगलबार सार्वजनिक गरेको अपिलमा परीक्षाका लागि पर्याप्त सावधानीको प्रबन्ध गरिएकाले त्रसित र भयभित हुनु नपर्ने उल्लेख गरेका हुन् । उनले सङ्क्रमणको रोकथाम गर्नुपर्ने र परीक्षालाई मनोवैज्ञानिक एवं त्रासमुक्त वातावरणमा सम्पन्न गर्नुपर्ने भएकाले विद्यार्थीलाई व्यक्तिगत सरसफाइमा ध्यान दिन, माक्सको प्रयोग गर्न, अरूसँग हात नमिलाउन, सकभर भीडभाडमा नजान पुनः स्मरण गराएका छन् ।

मन्त्री पोखरेलको अपिलमा भनिएको छ, ‘विद्यार्थीको पढ्न पाउने हकअधिकार सुरक्षित हुनुपर्छ भन्नेमा सरकार गम्भीर छ । विद्यार्थीको स्वास्थ्य सुरक्षा र बचावट पहिलो प्राथमिकता हो । यसका लागि परिस्थितिको नियमित विश्लेषण गरेर आवश्यक परेमा उच्चस्तरीय समितिबाट निर्णय गरिनेछ तर हाल पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा हुनेछ ।’ सो परीक्षा यही चैत ६ देखि १७ गतेसम्म सञ्चालन हुँदैछ । परीक्षामा कूल चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका छन् । देशभर एक हजार ९९५ केन्द्र निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारसँगको वार्ता निष्कर्ष उन्मुख नरहेको भन्दै आन्दोलन सशक्त बनाउन शिक्षक महासंघको आह्वान

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग चलिरहेको वार्ता निष्कर्ष उन्मुख नभएको बताएको छ

सरकारसँगको वार्तामा शिक्षक महासंघले भन्यो-हाम्रो मागमा टसमस हुँदैनौं

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच वार्ता शनिबार बिहान वार्ता

शिक्षा मन्त्रालयले शिक्षकहरुलाई फेरि बोलायो वार्तामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई फेरि वार्तामा बोलाएको छ

शिक्षा मन्त्रालयले वार्ताका लागि बोलाएर शिक्षक महासंघको टोलीलाई सिंहदरबार गेटबाटै फर्कायो

काठमाडौं । शिक्षा मन्त्रालयमा वार्ताका लागि गएको नेपाल शिक्षक महासंघको टोली सिंहदरबारको गेटबाटै