चितवनमा ७२ घण्टाभित्र ७० श्ययाको कोरोना विशेष अस्पताल निर्माण गरिने



चितवन । चितवनको भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा भरतपुर कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइने भएको छ । भरतपुर महानगरको अगुवाइमा मंगलबार आयोजित सरोकारवालाको बैठकले ७० श्ययाको अस्पताल तत्काल निर्माण गर्ने निर्णय गरेको हो । बैठकले महानगरपालिका प्रमुख रेनु दाहाल संयोजक रहेको १५ सदस्यीय कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण पूर्व तयारीका लागि कार्यदलसमेत गठन गरेको छ ।

कार्यदलमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष डा अनिलविक्रम कार्की, जिल्ला समन्वय समितिका प्रतिनिधि, जिल्लाका ठूला अस्पताल, निजी अस्पताल, उद्योग सङ्घ र उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घका प्रतिनिधि सदस्य रहेका छन् । कार्यदलको सदस्य सचिवमा वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी छन् ।

कार्यदलको आजै बसेको बैठकले १० श्ययाको सघन उपचार कक्ष, १० श्ययाको हाई डिपेन्डेन्ट युनिट (एचडियू) र ५० श्ययाको सामान्य श्यया ७२ घण्टाभित्र निर्माण गरिसक्ने निर्णय गरेको छ । कार्यदलका सदस्य सचिव अधिकारीका अनुसार अस्पताल सञ्चालनका लागि विभिन्न व्यक्ति र संस्थाहरुलाई कामको जिम्मेवारीसमेत दिइएको छ । अस्पतालको बहिरङ्ग सेवा डा अधिकारी र चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष डा अनिलविक्रम कार्कीले समन्वय गरी सञ्चालन गर्ने जिम्मेवारी बैठकले दिएको छ ।

यसैगरी जनरल वार्ड बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्य, एचडियू सञ्चालन गर्न कलेज अफ मेडिकल साइन्सेस एवं निजी अस्पताल समन्वय समिति र सघन उपचार कक्षको जिम्मेवारी चितवन मेडिकल कलेजलाई दिइएको छ ।

जनशक्ति व्यवस्थापनका लागि भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारी र आवश्यक पूर्वाधारको व्यवस्थापनका लागि भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति, उद्योग वाणिज्य सङ्घ चितवन र उद्योग सङ्घ चितवनलाई बैठकले जिम्मेवारी दिएको छ । बैठकले प्रयोगशाला र रेडियोलोजी विभाग सञ्चालन गर्न निजी अस्पताल समन्वय समितिलाई जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो

काठमाडौँ । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि ल्याइएको छ ।

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

काठमाडौं । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउन

१२ दिनमा १३ लाख किशोरीले लगाए एचपिभी खोप

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानअन्तर्गत १२ दिनमा

झापामा ६१६ नयाँ क्षयरोगी फेला

झापा। झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला परेका छन् । जिल्लामा २७