कोरोनाको महामारी नियन्त्रण गर्न स्पेनमा सङ्कटकाल, फ्रान्समा थप प्रतिबन्ध



युरोपका दुई ठूला राष्ट्र स्पेन र फ्रान्सले इटलीको अनुसरण गर्दै कोरोनाभाइरस महामारी अझ फैलिन नदिने उद्देश्यले आपत्कालीन प्रतिबन्धहरू लागु गरेका छन्।

स्पेनले सर्वसाधारण नागरिकहरूलाई अत्यावश्यक सामग्री र औषधि किन्न वा काममा जाँदाबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ।

स्पेनमा अहिलेसम्म १९१ जनाको कोरोनाभाइरस सङ्क्रमण अर्थात् कोभिड-१९ बाट मृत्यु भइसकेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युरोप अहिले कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु बनेको जनाएको छ।

महामारीबाट सर्वाधिक प्रभावित देशमध्ये इटलीपछि स्पेन आउँछ। फ्रान्समा ९१ जनाको मृत्यु भएको छ। त्यहाँ क्याफे, रेस्टुराँ, चलचित्रघर र अधिकांश पसलहरू बन्द भएका छन्।

इटलीमा १,४४० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। सोमवारदेखि त्यहाँ देशव्यापी बन्द लागु गरिएको छ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले महामारी नियन्त्रण गर्न आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न र मृत्यु हुन नदिन मानिसहरूबीच दूरी कायम राख्न आग्रह गरेका छन्।

बेलायतमा २४ घण्टामा मृत्यु हुने मानिसको सङ्ख्या दोबर भएको छ। अहिलेसम्म त्यहाँ २० जनाको मृत्यु भएको पुष्टि भएको छ। दुई सय जनाभन्दा बढी वैज्ञानिकहरूले सरकारलाई महामारी नियन्त्रण गर्न कडा उपायहरू अवलम्बन गर्न आग्रह गरेका छन्।

कोरोनाभाइरस सङ्क्रमणको उद्गमस्थल मानिएको चीनमा स्थानीय मानिसमा भन्दा बाहिरबाट आउने मानिसमा सङ्क्रमण बढी देखिन थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्डोनेसियामा भूकम्पबाट १५ हजार विस्थापित

इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण आठ सय भन्दा बढी घाइते भएका छन्

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, प्रधानमन्त्री मोदीद्वारा उद्घाटन

भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र

महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो

विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको

ब्रजिलका अस्पतालमा अक्सिजनको चरम अभाव

ब्रजिलको मनाउस नगरका अस्पतालमा कोभिड १९ का बिरामीलाई दिन चाहिने अक्सिजनको चरम अभाव