क्यानडाका प्रधानमन्त्रीकी पत्नी सोफीलाई कोरोना भाइरसको संक्रमण
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोकी पत्नी सोफी ट्रूडो पनि कोरोना भाइरसबाट संक्रमित भएकी छन् । बीबीसीका अनुसार सोफी बिहीबार ब्रिटेनबाट एक कार्यक्रममा सहभागी भएर फर्केकी थिइन् । त्यसपछि उनलाई ज्वरो आएको थियो ।
चिकित्सकले नमूना परीक्षण गरेपछि उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । क्यानडामा हालसम्म १ सय ४२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।