गीता हातमा राखेर कमल थापाको कसमः अब कहिल्यै पार्टी फुट्न दिन्न



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी नफुटाउने र पार्टीलाई फुट्न नदिने बताएका छन् । बुधबार राष्ट्रिय सभागृहमा राप्रपा र राप्रपा संयुक्तको एकता घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले गीता हातमा राखेर पार्टी फुट्न नदिने कसम खाएका हुन् ।

उनले भने,‘कहिले पनि पार्टी फुटाउने छैन । तपाईँहरुलाई विश्वास लागेन भने यो गीता हातमा राखेर कसम खान्छु राप्रपालाई कदापी फुट्न दिने छैन।’ विगतमा पार्टी विभाजनपछि भोग्नुपरेका पीडाहरु शब्दमा बयान गर्न नसकिने भन्दै थापाले विगतमा पार्टी कसले र किन फुटायो भनेर आरोप प्रत्यारोप गर्नुभन्दा नयाँ संकल्प र नयाँ उत्साहका साथ अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

अर्का अध्यक्ष पशुपति शमशेर जवराले इतिहासकै शक्तिशाली सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए । राणाले बहुदलकालमा जनताले भारी बहुमत दिएपनि अपेक्षा अनुसार काम गर्न नसकेको बताए ।
पार्टी एकता गरेर लामो यात्राको सुरुवात भएको उल्लेख गर्दै उनले अहिलेका पार्टीहरुले गर्न नसकेका काम राप्रपाले गर्ने दाबी गरे ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले अहिलेको सरकार प्रतिगमनतिर गएको आरोप लगाए । जनताले मरुभूमिमा पसिना बगाएर पठाएको रेमिट्यान्सको दुरुपयोग गर्दै सरकार प्रतिगमनतिर गएको आरोप लगाए । अध्यक्ष लोहोनीले हिन्दू धर्मका नाममा भएका विकृतिहरु निर्मुल पार्न पार्टी एकता गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको

नागरिक उन्मुक्तिका पाँच सांसदले भने-मुख्यमन्त्री सोडारीलाई हाम्रो समर्थन छैन, कीर्ते हस्ताक्षर भयो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री

कोशी प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेस

विराटनगर । कोशी प्रदेशसभाको बिहीबारकोे बैठकमा सङ्कल्प प्रस्ताव पेस भएको गरिइएको छ ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी