अस्ट्रेलियामा एक जना नेपालीलाई कोरोना भाइरसको संक्रमण



अस्ट्रेलियाको तास्मानीया राज्यको होर्बाटस्थित होटलमा कार्यरत एक जना नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरुका अनुसार २० वर्षीय ती युवा नेपालबाट सिंगापुर, सिड्नी ट्रान्जिट हुँदै गत फागुनमा होर्बाट पुगेका थिए । उनलाई रुघाखोकी लागेको भएपनि स्वास्थ्य परीक्षण नगरी होटलमा काम गर्न पुगेका थिए ।

उनले गत हप्ता होबार्टको ग्रान्ड चान्सलर होटलमा केही दिन काम गरेका कारण उनीसँग नजिक भएर काम गर्नेहरुलाई छुट्टै बस्न चिकित्सकले सुझाव दिएका छन् । उनमा रुघाखोकीको थप लक्षणहरु देखिन थालेपछि नेपालबाट फर्किएको नौ दिपछि मात्र रोयल होर्वाट अस्पतालमा परीक्षणका लागि भर्ना भएका थिए ।

उनको स्वास्थ्य परीक्षणपछि भाइरसको पोजेटिभ लक्षण देखिएको थियो। उनीसँगै बस्ने चार र अन्य तीन जनालाई १४ दिनसम्म छुट्टै राखिएको छ। उनको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको चिकित्सक मार्क भेचलले जानकारी दिएका छन् । हालसम्म तास्मानिया राज्यमा मात्र एक सय १४ जनाको परीक्षण भइसकेको छ ।

अस्ट्रेलियामा मात्र ३८ जना कोरोना भाइरस संक्रमितहरुको उपचार भइरहेको छ भने चार सयभन्दा बढीको परीक्षण अनुसन्धानमै रहेको छ । अस्ट्रेलियामा कोरोनाका कारण तीन जनाको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना संक्रमणबाट विदेशमा ३२७ नेपालीको मृत्यु

लण्डन । कोरोना सङ्क्रमणबाट विदेशमा थप नौ जना नेपालीको निधन भएको छ ।

‘वालुवाटार जग्गा प्रकरणमा मलाई जवरजस्ती जोडेर आरोपित गर्न खोज्नु कानुनी राजको ठाडो उपहास हो’

लीलामणि पौड्याल । हालै पत्रपत्रिका र सामाजिक संजालमा बालुवाटार जग्गा प्रकरण सम्बन्धी लामो

विश्वव्यापी कोरोना संक्रमणमाझ एनआरएनले निर्वाह गरेको भूमिका प्रशंसायोग्यः परराष्ट्रमन्त्री

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को विशेष महाधिवेशन शनिबारदेखि शुरु भएको छ । भर्चुअल

संसद विघटनको विरोधमा युवाहरुद्वारा सडकमा नमूना संसद बैठक आयोजना

काठमाडौं । संसद विघटनको विरोधमा नमूना संसदमा राष्ट्रिय सभाको बैठक गरी युवाहरुले विरोध