‘सेल्फ क्वारेन्टाइन’ र ‘सेल्फ हिलिंग’ ले कोरोना ठिक हुन्छ



मौसम परिवर्तनको बेला रुघाखोकी लाग्नु सामान्य हो | रुघाखोकी अरुलाई सर्न नदिन, आफु बिरामी भएको बेला अरुको रोग आफुलाई नसार्न तथा छिटो स्वास्थ्य लाभ गर्न ‘ सेल्फ क्वारेन्टाइन ‘ अर्थात घरमै अलग्गै बस्नु अत्यन्त प्रभावकारी उपाय हो | घरमा बसेपछि समय समयमा तातोपानी, झोलिलो खाना, घरेलु औषधि, घामको चुम्बन, पारिवारिक स्याहार लगायत धेरै उर्जा प्राप्त हुन्छ |
काम काम भनेर सधै जोतिने काम नगरौं | सन्चो नहुँदा आराम गरौँ | शरीरलाई पनि पावर ब्यांक चाहिन्छ, चार्ज गरिरहनुपर्छ, सर्भिसिंग गरिरहनुपर्छ |

अहिले झन्डै १ लाख ५ हजार कोरोना संक्रमित पुष्टि भएका छन् | ती बाहेक ठूलो संख्यालाई कोरोना संक्रमण भयो होला | उनीहरु आफैले साबधानी अपनाउँदा रोग लागेको थाहा नै नपाइ सन्चो भएका छन | जसलाई गाह्रो पर्यो, धपेडी भयो, चिन्ता भयो, उनीहरु कोरोना जाँचको लागि अस्पताल पुगे | यस्तो ‘ सेल्फ हिलिंग ‘ धेरै रोगमा हुन्छ | टीबी, निमोनिया जस्ता रोगमा पनि ‘ सेल्फ हिलिंग ‘ हुन्छ | शरीरसँग आफुलाई लागेका रोग निको पार्ने प्रणाली छ | त्यसलाई जगाउन सक्नुपर्छ |

सम्यक आहार, बिहार र आचारले शरीरभित्रका डाक्टर फुर्तिला हुन्छन् अनि रोगलाई छिटो निको पार्छन | अस्पताल नहुने युगमा पनि हाम्रा पुर्खा स्वस्थ भएर बाँचेका थिए | शरिलाई पैसा कमाउने मेसिन ठान्दा हामी दिनप्रतिदिन कमजोर भएका छौं | परिणाम त्यो हुन्छ, जे को लागि हामी दास बनेका छौं, त्यो सम्पूर्ण खर्च गर्दा पनि हामीले आफुलाई फेरी पाउन सक्दैनौं |
प्रकृतिप्रेमि, शरीरप्रेमि, मनप्रेमि, सुस्वादु, सुकिलो, हँसिलो, सहयोगी तथा निर्भिक हुने हो भने हाम्रो १०० बर्षको आयु कसैले पनि छिन्न सक्दैन |
– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ललितपुरमा चार जनामा हैजा पुष्टि

काठमाडौँ । ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य

बागमती प्रदेश सरकारले क्यान्सरपीडितलाई एक लाख सहयोग गर्ने

  भक्तपुर । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई

डेंगी नियन्त्रणका लागि स्थानीय तह र प्रदेशमा द्रुत प्रतिकार्य टोली परिचालन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले डेंगीबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने

काठमाडौंमा बुधबारदेखि पोलियो थोपा खुवाइने

काठमाडौँ । काठमाडौंमा बुधबारदेखि पाँच वर्ष उमेरभन्दा मुनिका बालबालिकालाई पोलियो थोपा खुवाइने भएको