कहिले बन्ला कोरोना भाइरसविरुद्धको खोप ?



नयाँ कोरोनाभाइरस विश्वभर ८० देशमा फैलिएको छ र प्रत्येक दिन हजारौँ नयाँ सङ्क्रमणहरू सार्वजनिक भइरहेका छन्।

अहिलेसम्म कोभिड-१९ बाट मानिसलाई बचाउने खोप बनेको छैन। वैज्ञानिकहरूले खोप विकास गरिसकेका छन् र त्यसलाई जनावरमाथि परीक्षण गरिरहेको छन्।

जनावरमाथिको परीक्षण सफल भयो भने यो वर्षको अन्त्यसम्ममा मानिसमाथि पनि परीक्षण हुनसक्छ। तर यो वर्षको अन्त्य अगाडिनै पनि वैज्ञानिकहरूले खोप पत्ता लगाएको दाबी गरेपनि त्यसलाई ठूलो सङ्ख्यामा बनाउन समय लाग्नेछ।

यसको अर्थ सबैभन्दा छिटो खोप उपलब्ध हुने समय भनेको सन् २०२१ को बीचतिर मात्रै हो। तर खोप विकासको सबै कुरा सहज नहुन सक्छ जसले यसलाई ढिलो बनाउन सक्छ।

मानिसमा अहिले चार प्रकारको कोरोनाभाइरस सङ्क्रमण छ। सबैले रुघाखोकी लगाउँछ र हामीसँग कुनैको पनि खोप छैन।

खोप बनेपनि यो वृद्ध मानिसहरूमा कम सफल हुनेछ। यस्तो खोपका कारणले नभई वृद्ध मानिसहरूको रोग प्रतिरोधी क्षमता कम हुने कारणले हो।

सिटामोलसहित सबै औ‍षधिहरूको साइड इफेक्ट हुन्छ। तर खोपको परीक्षण राम्ररी नगरी यसको साइड इफेक्टहरूबारे थाहा हुन सक्दैन।

खोपले सङ्क्रमणबाट जोगाउँछ र खोप लिने सही समय सङ्क्रमण अगाडि स्वस्थ अवस्थामा नै हो। नयाँ कोरोनाभाइरसको सङ्क्रमण भएको छ भने धेरै मानिसहरूमा यसको असर सामान्य हुन्छ।

केही एन्टीभाइरल औषधिहरू परीक्षण भइरहेका छन् तर त्यो कहिले तयार हुन्छ भन्ने अहिल्यै भन्न सकिन्न। खोपले थोरै सङ्ख्यामा भाइरसलाई हाम्रो शरीरमा पठाउँछ जसले हाम्रो शरीरले त्योसँग लड्न सिक्छ।

र त्यसपछि कुनै बेला त्यो भाइरस हाम्रो शरीरमा आयो भने शरीरलाई त्योसँग कसरी जुध्ने भन्ने थाहा हुन्छ। खोपमा कमजोर बनाइएका भाइरसहरू प्रयोग गरिन्छ जसले शरीरमा पुरै सङ्क्रमण गर्न सक्दैनन्।

तर नयाँ कोरोनाभाइरसको लागि खोप बनाउन वैज्ञानिकहरूले फरक विधि प्रयोग गरिरहेका छन्। यसको अनुवांशिक कोड थाहा भएको भएर वैज्ञानिकहरूले यो भाइरस ‘निर्माण’ गर्न सक्छन्।

केही वैज्ञानिकहरूले कोरोनाभाइरसको कोडलाई अर्कै हानिरहित भाइरसमा हालेर परीक्षण गरिरहेका छन्। यदि यो विधि सफल भयो भने शरीरमा हानिरहित भाइरस पठाएर कोरोनाभाइरसविरुद्ध प्रतिरोधी क्षमता विकास गर्न सकिन्छ।

अन्य वैज्ञानिकहरूले भने यसको डीएनएलाई प्रयोग गरेर शरीरमा भाइरल प्रोटिन बनाउने र शरीरको प्रतिरोधी क्षमता विस्तार गर्ने विधिमा खोप विकास गर्न खोजिरहेका छन्।

बीबीसीबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाहिर गएका जनशक्ति फर्काउने विषयमा सम्मेलन प्रभावकारी बन्नेछः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विदेशिएका जनशक्तिलाई स्वदेश कसरी फर्काउने भन्ने विषय

मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख

काठमाडौंं । मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । शुक्रराज ट्रपिकल तथा

‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त

प्रगति ढकाल, काठमाडौं ।  के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ । विहान

कुनै एक कम्पनीको नाम नतोकिकन जेनेरिक औषधि सिफारिस गर्ने व्यवस्था लागू गराउने तयारी

काठमाडौं । उपभोक्तालाई सुपथ मूल्यमा औषधि उपलब्ध गराउन र कुनै एक कम्पनीको नाम